कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर « Khabarhub

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री नन्दसिंह बुढा भ्रष्टाचारी ठहर भएका छन् ।

आर्थिक वर्ष २०६७/०६८ मा डोल्पाको तत्कालीन दुनै गाविस–२ र ३ स्थित तिप्लामा नक्कली दुर्गा प्राथमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको झुटा कागजात बनाएर सात लाख ६० हजार रुपैयाँ भुक्तानी लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले बुढासहित तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख रविचन्द्र पञ्जियार, लेखापाल मनीराम कुर्मी र उपभोक्ता समितिका कोषाध्यक्ष संगीता बुढालाई दोषी ठहर गरेको हो । उनीहरूलाई जनही एक लाख ९० हजार रुपैयाँ जरिवाना र एक वर्ष ६ महिना कैद सजाय सुनाइएको छ ।

बुढा २०७४ मा नेकपा एमालेबाट कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएका थिए भने विभिन्न राजनीतिक उतारचढावका बीच मन्त्रीसमेत बनेका थिए ।
उनीमाथि अन्य विभिन्न आयोजनामा पनि भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ९ : ३६ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले