दोस्रो विश्व युद्ध सकिएको नौ महिनापछि जन्मिएका तीन अमेरिकी राष्ट्रपति | Khabarhub Khabarhub

दोस्रो विश्व युद्ध सकिएको नौ महिनापछि जन्मिएका तीन अमेरिकी राष्ट्रपति

क्लिन्टन, बुस र ट्रम्प किन चर्चामा हुन्छन् ?


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

सन् १९४५ संसारकै लागि महत्त्वपूर्ण वर्ष हो। लगातार दुई विश्वयुद्धका कारण भयानक क्षति सहेको संसारले १९४५ मा विश्व शान्तिको अवधारणा अघि ल्याएको थियो। त्यसको एक वर्ष पछि नै अमेरिकामा तीन इतिहासमा चर्चा कमाउन सफल व्यक्ति जन्मेका थिए। सन् १९४६ मा बिल क्लिन्टन, जर्ज डब्ल्यु बुस र डोनाल्ड ट्रम्प जन्मेका थिए।

संयोग मान्नुपर्छ एकै वर्ष जन्मेका तीन व्यक्ति नै राष्ट्रपतिको रूपमा परिचित मात्र छैनन् केही न केही कारणले चर्चामा छन्। संयोग नै मान्नु पर्छ कि यी तीन व्यक्तिको जन्म पनि तीन महिनाको अन्तरालमा भएको हो।

यत्ति मात्र होइन अमेरिकामा तीन जोडी राष्ट्रपति एकै वर्ष जन्मिएका छन्। जोन क्विन्सी एडम्स र एन्ड्रयु ज्याक्सन दुवै जना सन् १७६७ मा जन्मिएका हुन्। रिचर्ड निक्सन र उनका अप्रत्याशित उत्तराधिकारी गेराल्ड फोर्ड सन् १९१३ मा जन्मिएका हुन्। जिमी क्वार्टर र जर्ज सिनियर बुस दुवै सन् १९२४ मा जन्मिएका हुन्।

क्लिन्टन, जुनियर बुस र ट्रम्प तीन जना नै दोस्रो विश्व युद्ध सकिएको नौ महिनाको आसपास जन्मिएका थिए। अमेरिकाको तथ्यांक विभागका अनुसार सन् १९४६ देखि सन् १९६४ को समयावधिलाई ‘बेबी बुम’ अवधिको रूपमा लिइन्छ। यसै बेबी बुमको अन्तिम समयमा जन्मेर अमेरिकाको राष्ट्रपति हुन सफल व्यक्तित्व भने बाराक ओबामा हुन्। उनी सन् १९६१ मा जन्मिएका थिए।

सोही वर्ष जन्मिएका अहिले जीवित रहेकाहरू संसारका सिनियर सिटिजनको रूपमा परिचित छन्। उनीहरू संसारका भिन्न समयको महत्त्व बुझे। अमेरिकाको हकमा कुरा गर्ने हो भने उनीहरू मध्य धेरैले १९६४ मा हाइ स्कुल पास गरेका थिए। अहिलेसम्म हाई स्कुलमा सबै भन्दा धेरै स्कोर त्यसै वर्ष भएको थियो।

यिनीहरूका अभिभावकको भने सेना कहिले पनि प्राथमिकतामा परेन। सन् १९४६ मा जन्मिएका यी ती जनामध्ये दुई जनाको अभिभावक सेनामा कहिले पनि आबद्ध भएका थिएनन्। एक जना भने थोरै समय एयर नेशनल गार्डमा आबद्ध थिए।

दुई जनाका अभिभावक भिन्न क्षेत्रमा सफल व्यक्ति थिए। एक जनाका अभिभावक रहस्यमयी व्यक्ति थिए। उनी भविष्यमा राष्ट्रपति हुने छोराको जन्म हुनु अगाडि नै बितेका थिए।

यिनकै बाबु नाम चलेका र प्रतिष्ठित शैक्षिक संस्थाका ग्र्याजुएट हुन्। जर्ज टाउन युनिभर्सिटी र याले ल स्कुल, याले युनिभर्सिटी र अवार्ड बिजनेस स्कुल तथा ह्वार्टन स्कुल र युनिभर्सिटी अफ पेनेसेल्भिनिया उनीहरूको अभिभावकको शिक्षालय हो।

यी मध्य यिनीहरूको राजनीतिक परिवेश भने फरक रहेको थियो। बिल क्लिन्टन अन्य भन्दा पहिले राजनीतिमा प्रवेश गरे। टेक्ससमा सन् १९७२ को चुनावी अभियानमा उनी सरिक भएका थिए। यसै कारण सन् १९७४ मा उनले रिपब्लिकन सिनेटरलाई झन्डै स्तब्ध पारेका थिए। सन् १९७६ मा उनी अरान्कासको महा महान्यायाधिवक्ता भए। त्यसको तीन वर्षपछि ३२ वर्षको उमेरमा उनी गभर्नर भए।

भाग्यशाली र स्किल दुवै भएका क्लिन्टन सही समयमा सही निर्णय गर्नसक्ने क्षमताका धनी थिए। सन् १९९० को समयमा ९१ प्रतिशत समर्थन भएका व्यक्तिलाई चुनौती दिँदै उनले चुनावी अभियान सुरु गरेका थिए। सन् १९९२ मा जर्ज बुस र टेक्ससका गभर्नर रोस प्यारेटलाई माथ खुवाउँदै राष्ट्रपतिमा निर्वाचित भएका थिए।

क्लिन्टनलाई नजिकबाट चिन्नेहरू क्लिन्टन अव्यवस्थित भएको आरोप लगाउने गर्छन् परन्तु उनको राजनीतिक निर्णयको भने धेरैले समर्थन नै गर्ने गरेका छन्।

जर्ज जुनियर बुसको राजनीति भने केही फरक छ। सन् १९७८ मा संसदमा प्रवेश गर्न असफल भ पछि उनी राजनीतिबाट टाढा भएका थिए। बाबुलाई क्लिन्टनले हराएपछि उनीमा राजनीतिमा प्रवेश गर्ने चाहना बढेको हो। उनलाई भगवानले राजनीतिमा प्रवेश गर्नका लागि बनाएको आभास भएको थियो।

उनको बलियो पक्ष भनेको उनी एकदमै छोटो समयमा निर्णय गर्न सक्थे। उनको कमजोरी भनेको उनी सच्याउनु पर्ने ठाउँमा ढिलाइ गर्थे। इराकको सवालमा गरिएका निर्णय तथा सामाजिक सुरक्षाका सवालमा उनी केही ढिला भएको जनाइएको छ।

टेक्ससलाई अर्को क्यारोलिना बन्नबाट बचाउने उनको अभियान सफल भएको थियो। तर यसले उनलाई केही मत दिनु बाहेक केही गर्न सकेन। सन् २००६ देखि २००८ का बीचमा उनको नियुक्ति असफल भए त्यसपछि २५ वर्षमा नै रिपब्लिकले २५ वर्षमा खराब समयको सामना गरेका थियो।

डोनाल्ड ट्रम्पको नीति जर्ज बुसको जस्तो थिएन। रोस प्यारोटको जस्ता थियो। उनको केही निर्णयका कारण उनी गत निर्वाचनमा टेक्सस, क्यालिफोर्निया, एरिजोना र जर्जियमा असफल भएका थिए। यस पटक समय फेरिएको छ।

अहिले दोस्रो कार्यकाल भएका राष्ट्रपति ट्रम्पले पदभार सम्हालेको धेरै भएको छैन। उनका धेरै निर्णय विवादमा परेका छन्। भर्खरै बिदा भएका राष्ट्रपति जो बाइडेनले अमेरिकामा कुलिन वर्गको मात्र प्रभाव रहने आशङ्का व्यक्त गरेका छन्। विश्व स्वास्थ्य सङ्गठन र पेरिस सम्झौताबाट अमेरिका टाढा हटिसकेको छ।

संसारमा अहिलेसम्म भएको अध्ययन अनुसार युद्ध सकिएको अर्को वर्ष धेरै बच्चा जन्मने गरेका छन्। यसैलाई ‘रिटर्नीङ आर्मी इफेक्ट’ भन्ने गरिन्छ।

पहिलो विश्व युद्धका समाप्तिपछि सन् १९२० मा धेरै सेना बाबु बनेका थिए। बेलायत, वेल्स, फ्रान्स, जर्मनी, अस्ट्रिया, बेल्जियम, डेनमार्क र नेदरल्यान्ड्समा पनि सोही अवस्था देखिएको थियो। सो समयमा छोरी भन्दा छोराको जन्म भएको थियो। तथ्याङ्कले यो देखाए पनि यसको वैज्ञानिक आधार भने देखिएको छैन।

दोस्रो विश्व युद्ध सकिएको अर्को वर्ष जन्मिएका तीन राष्ट्रपति भए पनि यो ‘रिटर्नीङ आर्मी इफेक्ट’ भने होइन। किनकि उनीहरूका अभिभावक सैन्य पृष्ठभूमिका होइनन्। शैक्षिक पृष्ठभूमिका हुन्।
स्रोतः इन्भेस्टर डटकम, टाइम्स अफ इन्डिया

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ९ : ०५ बजे

एमालेले संसदीय दल र रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौं- संसद्को हिउँदे अधिवेशन नजिकिएसँगै दलहरूले आन्तरिक तयारी थालेका छन्।

तीनपुस्ता कुष्ठरोग झेलेकी प्रिमा भन्छिन्- ‘बुवा–हजुरबा जंगलमा बिते, म घरबाट निकालिएँ’

काठमाडौं- कपनको मिलनचोकस्थित गणेश मन्दिरको छेवैमा सानो फार्मेसी सञ्चालन गरेर

संसद् अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन यही माघ

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी– यतिबेला  घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले ढाकेको छ

दाइको हत्या आरोपमा भाइ पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गए राति भाइको कैँची प्रहारबाट