जय नेपाल कप क्रिकेटमा लखनउ र ढाकाको जित « Khabarhub

जय नेपाल कप क्रिकेटमा लखनउ र ढाकाको जित


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जय नेपाल कप २०२६ क्रिकेट प्रतियोगिताको शुक्रवार भएको खेलमा लखनउ विश्वविद्यालय र ढाका विश्व विद्यालय विजयी भएका छन् ।

लखनउले काठमाडौं विश्व विद्यालयलाई ७३ रनले हरायो । लखनउले दिएको १६१ रनको लक्ष्य पछ्याएको काठमाडौँ निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा ८७ रनमा सीमित भएको हो ।

काठमाडौंका सागर केसीले सर्वाधिक २० तथा प्रदीपकुमार यादवले १७ रन जोडे । लखनउले ३ विकेटको क्षतिमा १६० रन जोडेको थियो । लखनउका मनन कन्डपालले सर्वाधिक ७५ रनको योगदान गरेका थिए । ४९ बलको सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरेका थिए । हर्ष बर्धन सिंहले २८ रन जोडे ।

अर्को खेलमा ढाकाले पूर्वाञ्चललाई १५२ रनले हराएको हो । ढाकाले दिएको २३६ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चल ३ बल बाँकी रहँदा ८३ रनमा सीमित भएको हो । पूर्वाञ्चलका ओम चौधरीले सर्वाधिक १५ रन जोडे ।

यसअघि पहिले ब्याटिङ गरेको ढाकाले ४ विकेटको क्षतिमा २३५ रन जोडेको हो । ढाकाका मोहम्मद आसिकुर रहमानले सर्वाधिक ९६ रन जोडे यसैगरी सिफद सादिक खानले ५० रनको पारी खेले ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ९ : ४६ बजे

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ