अमेरिकाको मिसिगनले चिनियाँ विश्वविद्यालयसँगको प्राज्ञिक साझेदारी तोड्ने « Khabarhub

अमेरिकाको मिसिगनले चिनियाँ विश्वविद्यालयसँगको प्राज्ञिक साझेदारी तोड्ने


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको मिसिगन विश्वविद्यालयले चीनको एउटा विश्वविद्यालयसँग प्राज्ञिक साझेदारी रद्द गरेको छ ।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै मिसिगन विश्वविद्यालयले चीनको सांघाइमा रहेको सांघाइ जियाओ टोङ विश्वविद्यालयसँग प्राज्ञिक साझेदारी रद्द गरेको हो ।

केही महिनाअघि चिनियाँ विश्वविद्यालयबाट आएका ५ जना विद्यार्थी अमेरिकी सैन्य आधार क्षेत्र नजिकै शङ्कास्पद अवस्थामा फेला परेका थिए । उनीहरु अमेरिकी सेनाकोक्याम्प ग्रेलिङमा सैन्य प्रशिक्षण भइरहेका बेला शङ्कास्पद अवस्थामा फेला परेका थिए ।

मिसिगन विश्वविद्यालयका अध्यक्ष सान्टा ओनोले पत्र लेख्दै निकै लामो समयको सूक्ष्म अध्ययनपछि चिनियाँ विश्वविद्यालयसँग सहकार्य तोडिएको जनाएका छन् ।

पत्रमा आफ्नो विश्वविद्यालयले अन्तर्राष्ट्रिय प्राज्ञिक साझेदारलाई महत्व दिएको भए पनि राष्ट्रिय सुरक्षाको विषय निकै गम्भीर भएको ओनोले जनाएका छन् ।

पछिल्लो समय अमेरिकाका कतिपय विश्वविद्यालयले चिनियाँ विश्वविद्यालयसँगको प्राज्ञिक सम्बन्ध तोड्न थालेका छन् । केही समयअघि जर्जिया टेक र युनिभर्सिटी अफ क्यालिफोर्निया बेर्केलीले यस्तै सहकार्य तोडेका थिए ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ११ : ०५ बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य