घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान « Khabarhub

घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको शहीद लखन गाउँपालिकामा घरघरमा पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान सुरु गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर ७ ले वडाभित्र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र शुक्रबारदेखि घरमै पुगेर उपलब्ध गराउन सुरू गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

‘वडा कार्यालयले निर्णय नै गरेर शोकमा परेका मृतकका घरपरिवारलाई समवेदना र भेटघाटका लागि पुग्दासँगै घरमै मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराउन सुरु थालेको हो,’ उनले भने, ‘अबदेखि मृत्यु दर्ताका लागि कोही वडा कार्यालयसम्म धाउनुपर्दैन ।’

वडाबाट नागरिकलाई प्रदान गरिने सेवाप्रवाहलाई थप सहज बनाउन कार्यालयले यस्तो निर्णय गरेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

‘वडाले पहिलो पटक कार्यालयले बुङ्कोटस्थित गरन्जा गाउँका मृतक लिलाबहादुर थापाको परिवारलाई हिजो घरमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरेको हो,’ उनले भने, ‘अबदेखि नियमित रूपमा मृत्यु दर्ता घरघरमा उपलब्ध गराउनेछौँ ।’

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ११ : २१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको