भारतले दियो किर्गिज सेनालाई प्रशिक्षण « Khabarhub

भारतले दियो किर्गिज सेनालाई प्रशिक्षण


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले मध्य एशियाली मुलुक किर्गिजस्तानका सेनालाई संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी प्रशिक्षण दिएको छ ।

राजधानी नयाँ दिल्लीमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना केन्द्रले अनलाइनका माध्यमबाट किर्गिज सेनालाई प्रशिक्षण दिएको हो ।

दुई दिने प्रशिक्षण कार्यक्रममा किर्गिज सेनालाई संयुक्तराष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी वृहत जानकारी प्रदान गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ

अन्तर्राष्ट्रिय शान्ति स्थापनाको क्षेत्रमा भारतीय प्रतिबद्धताअनुसार उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको भारतीय सेनाले जानकारी दिएको छ ।

किर्गिजस्तानले सन् १९९१ अगस्ट ३१ मा स्वतन्त्रता प्राप्त गरेको थियो । सन् १९९२ मार्च १८ मा भारतले किर्गिजस्तानसँग औपचारिक रुपमा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो ।

भारत र किर्गिजस्तान रणनीतिक साझेदार हुन् । दुई मुलुकबीच रक्षा, व्यापार, प्रतिआतंकवाद जस्ता क्षेत्रमा सहकार्य रहँदैआएको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ११ : २९ बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य