भारतले दियो किर्गिज सेनालाई प्रशिक्षण « Khabarhub

भारतले दियो किर्गिज सेनालाई प्रशिक्षण


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले मध्य एशियाली मुलुक किर्गिजस्तानका सेनालाई संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी प्रशिक्षण दिएको छ ।

राजधानी नयाँ दिल्लीमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना केन्द्रले अनलाइनका माध्यमबाट किर्गिज सेनालाई प्रशिक्षण दिएको हो ।

दुई दिने प्रशिक्षण कार्यक्रममा किर्गिज सेनालाई संयुक्तराष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी वृहत जानकारी प्रदान गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ

अन्तर्राष्ट्रिय शान्ति स्थापनाको क्षेत्रमा भारतीय प्रतिबद्धताअनुसार उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको भारतीय सेनाले जानकारी दिएको छ ।

किर्गिजस्तानले सन् १९९१ अगस्ट ३१ मा स्वतन्त्रता प्राप्त गरेको थियो । सन् १९९२ मार्च १८ मा भारतले किर्गिजस्तानसँग औपचारिक रुपमा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो ।

भारत र किर्गिजस्तान रणनीतिक साझेदार हुन् । दुई मुलुकबीच रक्षा, व्यापार, प्रतिआतंकवाद जस्ता क्षेत्रमा सहकार्य रहँदैआएको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ११ : २९ बजे

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न