अफगानिस्तान सरकारसँग सहकार्य गर्न तयार छौँ : भारत « Khabarhub

अफगानिस्तान सरकारसँग सहकार्य गर्न तयार छौँ : भारत


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले अफगानिस्तानका जनताको प्रतिनिधित्व गर्ने सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले ‘अफगानिस्तानका जनताको सरकारसँग’ विकास साझेदारी र मानवीय सहायताजस्ता क्षेत्रमा सहकार्य गर्न तयार रहेको जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार हालै भारतीय विदेश सचिव विक्रम मिस्रीले अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री मौलवी आमिर खान मुत्तकीसँग भेटवार्ता गरेका छन्। यसलाई भारतले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानसँग सम्बन्ध विस्तार गर्न खोजेको रुपमा अथ्र्याइएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुई मुलुकका प्रतिनिधिबीच दुबईमा भेटवार्ता भएको जानकारी दिएका छन् । उनले यसलाई दुई मुलुकबीच भएको सबैभन्दा उच्च स्तरको भेटवार्ताको संज्ञा दिएका छन् ।

सन् २०२१ मा तालिबानले अफगानिस्तानको शासन आफ्नो पकडमा लिएको थियो । त्यसयता तालिबानले उल्लेख्य कूटनीतिक सम्बन्ध विस्तार गर्न सकेको छैन ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ११ : ५३ बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य