अफगानिस्तान सरकारसँग सहकार्य गर्न तयार छौँ : भारत « Khabarhub

अफगानिस्तान सरकारसँग सहकार्य गर्न तयार छौँ : भारत


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले अफगानिस्तानका जनताको प्रतिनिधित्व गर्ने सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले ‘अफगानिस्तानका जनताको सरकारसँग’ विकास साझेदारी र मानवीय सहायताजस्ता क्षेत्रमा सहकार्य गर्न तयार रहेको जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार हालै भारतीय विदेश सचिव विक्रम मिस्रीले अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री मौलवी आमिर खान मुत्तकीसँग भेटवार्ता गरेका छन्। यसलाई भारतले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानसँग सम्बन्ध विस्तार गर्न खोजेको रुपमा अथ्र्याइएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुई मुलुकका प्रतिनिधिबीच दुबईमा भेटवार्ता भएको जानकारी दिएका छन् । उनले यसलाई दुई मुलुकबीच भएको सबैभन्दा उच्च स्तरको भेटवार्ताको संज्ञा दिएका छन् ।

सन् २०२१ मा तालिबानले अफगानिस्तानको शासन आफ्नो पकडमा लिएको थियो । त्यसयता तालिबानले उल्लेख्य कूटनीतिक सम्बन्ध विस्तार गर्न सकेको छैन ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ११ : ५३ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,