पाकिस्तानमा सन् २०२४ मा जन्मेका १४ लाख शिशु भोकमरीको चपेटामा « Khabarhub

पाकिस्तानमा सन् २०२४ मा जन्मेका १४ लाख शिशु भोकमरीको चपेटामा


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२४ मा जन्म लिएका कुल १ करोड ८२ लाख शिशु भोकमरीको शिकार भएको पाइएको छ । जसअनुसार हरेक मिनेट जन्मिनेमध्ये ३५ शिशुको जन्म भोकमरीग्रस्त क्षेत्रमा भएको छ ।

पाकिस्तानमा मात्रै सन् २०२४ मा जन्म लिएका १४ लाख शिशु भोकमरीको चपेटामा परेको सेभ दि चिल्ड्रेनले सार्वजनिक गरेको एक तथ्याङ्कमा उल्लेख छ । उक्त तथ्याङ्कमा पाकिस्तानको कुल जनसङ्ख्यामध्ये २० प्रतिशतभन्दा धेरैले अपर्याप्त पोषणको सामना गरिरहेका छन् ।

बढ्दो जनसङ्ख्याका कारण पाकिस्तानमा यो समस्या थप बढिरहेको छ । सन् २०२४ मा पाकिस्तानको जनसङ्ख्या २४ करोड १० लाख पुगेको छ ।

आर्थिक अस्थिरता, राजनीतिक अनिश्चितता, मौसम परिवर्तन, बढ्दो गरिबीजस्ता कारण पाकिस्तानीहरू कुपोषण र अपर्याप्त पोषणको शिकार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १२ : १० बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य