पर्यटक प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाउँछौँ ः मन्त्री पाण्डे « Khabarhub

पर्यटक प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाउँछौँ ः मन्त्री पाण्डे


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाइने बताएका छन् । 

४६औँ पर्यटक प्रहरी दिवसको अवसरमा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बदलिँदो समयको चुनौती सामना गर्नका लागि पर्यटक प्रहरीलाई साधन सम्पन्न बनाउनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको मन्त्री पाण्डेले बताए । आगामी दिनमा पर्यटक प्रहरीको सङ्ख्या बढाउन पनि मन्त्रालयले पहल गरिरहेको उनले जानकारी दिए । 

‘हाल २४६ जना मात्र पर्यटक प्रहरी हुनुहुन्छ । नेपालको भूगोलअनुसार २४६ जना मात्र पर्यटक प्रहरी रहनु एकदमै न्यून हो,’ मन्त्री पाण्डेले भने, ‘यसलाई बढाउन मन्त्रालयले नेपाल प्रहरीसँग छलफल गरिरहेको छ ।’ 

२४६ जना पर्यटक प्रहरीले देशका २९ इकाई बाट सेवा दिँदै आएका छन् । अहिलेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्यटक प्रहरी इकाई स्थापना भएको छैन ।

 ‘माघको अन्तिमसम्म सुदूरपश्चिमको खप्तड र कर्णालीको रारामा पर्यटक प्रहरी इकाई स्थापना गर्ने निर्णय भइसकेको छ,’ उनले भने, ‘यसका लागि आवश्यक साधन स्रोत व्यवस्था सरकारले गर्छ ।’

पर्यटकहरू अतिथि भएकाले उनीहरूलाई जति धेरै ’अतिथिदेव भव’को रूपमा व्यवहार गर्न सके पर्यटकको सङ्ख्या बढाउन सकिने मन्त्री पाण्डेको भनाइ छ । 

उनले पर्यटन क्षेत्रको विकासका लागि नेपाल नआएका पर्यटकलाई एक पटक ल्याउने र एक पटक आएका पर्यटकलाई पटक पटक ल्याउने रणनीति मन्त्रालयले बनाइरहेको बताए ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १२ : ४७ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,