शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम « Khabarhub

शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार ल्याउने तथा शिक्षणलाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यले प्राध्यापकलाई तालिम दिइएको छ । त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले २४ जना प्राध्यापकलाई १० दिनसम्म तालिम प्रदान गरिएको हो ।

उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत विश्वविद्यालय अनुदान आयोगको सहयोगमा यही माघ ३ देखि ६ गतेसम्म अनलाइन विधिबाट र माघ ६ देखि १२ गतेसम्म प्रत्यक्ष सहभागितामा तालिम प्रदान गरिएको संस्थानका डीन डा ठाकुर सिलवालले बताए ।

कार्यक्रममा वन विज्ञान संस्थानअन्तर्गतका हेटौँडा, पोखरा र काठमाडौँ क्याम्पसका प्राध्यापकलाई सहभागी गराई पाठ्यक्रमलाई बजारको मागसँग जोड्न, शिक्षणलाई सूचना तथा प्रविधि, नवप्रवर्तनशील शिक्षण विधि प्रयोग गरी आधुनिकीकरण गर्न, सिकाई व्यवस्थापनलाई प्रभावकारी बनाउन तालिम दिइएको उहाँले उल्लेख गरे ।

डा सिलवालका अनुसार तालिमका प्रमुख सत्रहरूमा आत्मबोधका लागि योग, पाठ्यक्रमलाई बजारको मागसँग जोड्ने, शिक्षणलाई सूचना तथा प्रविधि जोड्ने, नवप्रवर्तनशील शिक्षण विधि प्रयोग गरी आधुनिकीकरण गर्ने, सिकाई व्यवस्थापन प्रणाली सुधार गर्नेलगायत अनुसन्धान तथा प्रकाशनसम्बन्धी विषयहरू समेटिएका छन् ।

कार्यक्रमको समन्वय वन विज्ञान अध्ययन संस्थाका सहायक डीन डा सोनी बरालले गरेका थिए । सिलवालले कार्यशालाले शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार गर्दै पठनपाठनलाई बजारको मागसँग जोडने सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

 तालिममा सहभागीहरूको प्राज्ञिक क्षमता विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने संयोजक बरालले बताए।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १ : १९ बजे

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा