शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम « Khabarhub

शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार ल्याउने तथा शिक्षणलाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यले प्राध्यापकलाई तालिम दिइएको छ । त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले २४ जना प्राध्यापकलाई १० दिनसम्म तालिम प्रदान गरिएको हो ।

उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत विश्वविद्यालय अनुदान आयोगको सहयोगमा यही माघ ३ देखि ६ गतेसम्म अनलाइन विधिबाट र माघ ६ देखि १२ गतेसम्म प्रत्यक्ष सहभागितामा तालिम प्रदान गरिएको संस्थानका डीन डा ठाकुर सिलवालले बताए ।

कार्यक्रममा वन विज्ञान संस्थानअन्तर्गतका हेटौँडा, पोखरा र काठमाडौँ क्याम्पसका प्राध्यापकलाई सहभागी गराई पाठ्यक्रमलाई बजारको मागसँग जोड्न, शिक्षणलाई सूचना तथा प्रविधि, नवप्रवर्तनशील शिक्षण विधि प्रयोग गरी आधुनिकीकरण गर्न, सिकाई व्यवस्थापनलाई प्रभावकारी बनाउन तालिम दिइएको उहाँले उल्लेख गरे ।

डा सिलवालका अनुसार तालिमका प्रमुख सत्रहरूमा आत्मबोधका लागि योग, पाठ्यक्रमलाई बजारको मागसँग जोड्ने, शिक्षणलाई सूचना तथा प्रविधि जोड्ने, नवप्रवर्तनशील शिक्षण विधि प्रयोग गरी आधुनिकीकरण गर्ने, सिकाई व्यवस्थापन प्रणाली सुधार गर्नेलगायत अनुसन्धान तथा प्रकाशनसम्बन्धी विषयहरू समेटिएका छन् ।

कार्यक्रमको समन्वय वन विज्ञान अध्ययन संस्थाका सहायक डीन डा सोनी बरालले गरेका थिए । सिलवालले कार्यशालाले शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार गर्दै पठनपाठनलाई बजारको मागसँग जोडने सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

 तालिममा सहभागीहरूको प्राज्ञिक क्षमता विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने संयोजक बरालले बताए।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १ : १९ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,