एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड « Khabarhub

एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले एमालेसँगको एकता र त्यसपछिको सहकार्य धेरै दिन टिक्न नसकेको भन्दै अब एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

उनले ८४ को निर्वाचन माओवादीले आफ्नै शक्तिको बलमा लड्ने निर्णय पार्टीले समेत गरिसकेको उल्लेख गरे । प्रचण्डले माओवादीका धेरै कमीकमजोरीलाई सुधार गर्दै जनताको विश्वास जित्ने गरी अघि बढ्ने उल्लेख गरे । 

उनले बिचौलियाहरूको सेटिङ भत्काउन खोज्दा चलखेल गरेर असंवैधानिक रूपमा सङ्ख्याको बलमा आफूलाई हटाउने खेल भएको दोहोर्‍याए । अध्यादेशबाट शासन गर्ने गलत परम्परा देखिएपछि विपक्षीहरू एक भएर सदन बोलाउन दबाब दिएकै कारण सरकारले सदन आह्वान गरेको उनको भनाइ छ ।  

प्रचण्डले अव विपक्षीहरू सामूहिक रूपमा अघि बढ्ने र समाजवादी मोर्चालाइ समेत सक्रिय बनाउने धारणा राखे ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १ : ४० बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य