सामाजिक कुरीति अन्त्यका निम्ति स्रष्टा लाग्नुपर्छ : मुख्यमन्त्री शाह « Khabarhub

सामाजिक कुरीति अन्त्यका निम्ति स्रष्टा लाग्नुपर्छ : मुख्यमन्त्री शाह


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साहित्यका माध्यमबाट सामाजिक कुरीति अन्त्य गर्न बल मिल्ने उल्लेख गर्दै जागरूक समाज निर्माणमा साहित्यकारहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले आज धनगढीमा आयोजना गरेको साहित्यकार कैलाशकुमार पाण्डेयको कथा सङ्ग्रह ‘नयातल’ विमोचन कार्यक्रममा उहाँले साहित्यमा समाजका हरेक कुरा प्रतिबिम्बित हुने बताए।

 मुख्यमन्त्री शाहले भने, ‘साहित्यको प्रवर्द्धन गर्न हामी सबै लाग्यौँ भने यो क्षेत्रलाई पनि सम्मानित रुपमा अगाडि बढाउन सकिन्छ ।’

प्राध्यापक तुलसी शर्माले प्रस्तुत कथा सङ्ग्रहमा अन्धविश्वास, जातीय विभेद, लैङ्गिक विभेद चित्रण गरिएको बताए।

पुस्तकका लेखक पाण्डेयले कथाका माध्यमबाट जीवनका भोगाइ प्रस्तुत गर्ने जमर्को गरेको बताए।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  २ : ५८ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि