गरिबको लागी निःशुल्क निवेदन लेख्न रौतहट एसपीको निर्देशन « Khabarhub

गरिबको लागी निःशुल्क निवेदन लेख्न रौतहट एसपीको निर्देशन


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले गरिब विपन्नको लागी निःशुल्क ठाडो निवेदन उजुरी लेखिदिन प्रहरीलाई निर्देशन दिएका छन्।

जिल्लास्थित सम्पूर्ण प्रहरी कार्यालयहरूका प्रमुखलाई गरिब विपन्नको लागी निःशुल्क निवेदनको व्यवस्था गरिदिन एसपी घिमिरेले निर्देशन दिएका हुन्। रौतहटस्थित जिल्ला प्रहरी कार्यालय लगायत मातहतका सम्पूर्ण प्रहरी इकाई कार्यालयहरूमा गरिब विपन्नको लागि आजदेखि निःशुल्क निवेदन लेखिने व्यवस्था हुन लागेको एसपी घिमिरेले बताएका छन्।

इलाका प्रहरी कार्यालय कटहरियालगायत जिल्लाको प्रायः सबै जसो थानाचौकी आसपास केहीले सानो सानो दुई लाइनको निवेदन ठाडो उजुरी लेखेको बापत गरिब विपन्न पीडितसँग ५०० रुपैयाँसम्म लिने गरेको सामाजिक सञ्जालमा गुनासो बढेपछि त्यस प्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै आज देखि नै निःशुल्क निवेदनको व्यवस्था सुरु गरिएको एसपी घिमिरेले जानकारी दिएका छन्। 

जिल्ला प्रहरी कार्यालय रौतहटका सह प्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादका अनुसार एसपी घिमिरेको निर्देशनमा ठाडो उजुरी निवेदनको लागी एउटा फर्मेटको ढाँचा तयार गरेर जिल्लाको सम्पूर्ण प्रहरी कार्यालयहरूमा पठाई सकिएको छ। उक्त फर्मेट प्रिन्ट गराएर प्रहरीले पीडितलाई दिन्छ, पढेलेखेका भएमा आफै भरेर बुझाउँछ, नभए उक्त फर्मेट प्रहरीले नै भरेर दिन्छ। फर्मेट ठाडो उजुरी निवेदन सरह हुने इन्स्पेक्टर उमाशंकरप्रसादले जानकारी दिएका छन्।

यसरी लेखिने निवेदनकै आधारमा प्रहरीले प्रारम्भिक कारबाही सुरु गर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। रौतहटमा घरायसी तथा सामान्य वादविवाद हुँदा पनि प्रहरी कार्यालयमा जाँदा बाहिरबाट सानो ठाडो उजुरी लेखाएर ल्याउन ५०० रुपैयाँ लेखाई दिनुपर्ने बाध्यता रहेको थियो। एसपी दिलीप घिमिरेको यस पहलको जानकारहरूले खुलेरै सराहना गरेका छन्।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ३ : ४४ बजे

सबैको नजर रोनाल्डोमाथि, सरप्राइज दिने दाउमा डीआर कंगो

काठमाडौं – क्रिस्टियानो रोनाल्डो एक विश्वकप जितेर आफ्नो फुटबल करिअरलाई

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु