संगठनात्मक एकतामा उपाध्यक्ष श्रेष्ठको जोड « Khabarhub

संगठनात्मक एकतामा उपाध्यक्ष श्रेष्ठको जोड


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी संगठनको शनिबार आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले ‘पार्टीको रुपान्तरण अनिवार्य शर्त हो, नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल बनाउँदै समृद्धितर्फ लैजाने हाम्रो कार्यभार हो’, भने।

उनले समाजवाद उन्मुख समावेशी लोकतन्त्र संविधानको अन्तरवस्तु हो भन्दै परम्परागत संसदीय गणतन्त्र माओवादीको कार्यदिशा नभएको स्पष्ट गरे। 

‘विदेशी भूमिका श्रम गर्न गएका ३० लाख नेपालीलाई हामीले फर्काउन सकेनौँ भने हाम्रो राजनीतिक उद्देश्य प्राप्त हुन सक्दैन, अब सुशासन, समृद्धि र सामाजिक न्यायमा केन्द्रित हुनुपर्छ’, श्रेष्ठले भने ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि दाहाल, ललितपुर जिल्ला अध्यक्ष शिव कट्टेललगायत नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ४ : ०५ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि