कांग्रेसले स्टार्टअप र साना तथा मझौला सम्मेलन गर्दै « Khabarhub

कांग्रेसले स्टार्टअप र साना तथा मझौला सम्मेलन गर्दै


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले ‘नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलन’ आयोजना गर्दैछ । विभागले शनिबार पत्रकार सम्मेलन गरेर माघ १६ र १७ गते सानेपामा सम्मेलन आयोजना गरिने जानकारी दिएको छ । 

नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा भर्ने तथा मुलुकको आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना गरिन लागिएको विभागले जनाएको छ । 

सम्मेलनले नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रूपान्तरणसँगै स्टार्टअप र साना तथा मझौला संगठित संस्थाहरूमा लगानीका अवसर र चुनौतीहरूबारे छलफल गर्ने उद्देश्य राखेको छ ।

यस्तै सम्मेलनमा डिजिटल अर्थतन्त्र र आइटी  क्षेत्रको विकासका सम्भावनाबारे विमर्शसँगै महिला र युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने वातावरणबारे पनि छलफल हुनेछ । 

सम्मेलनले नेपालको स्टार्टअप र साना तथा मझौला संगठित संस्थाहरूको प्रवर्द्धन र उद्यमशीलताको वातावरण निर्माणका लागि विशेष भूमिका खेल्ने विभागको भनाइ छ । 

विभागले कार्यक्रममा हुने छलफल र सुझावहरूले व्यावसायिक नीति सुधार र लगानीको वातावरण बनाउन ठोस मार्ग निर्देशन गर्ने जनाएको छ । सम्मेलनले कांग्रेसलाई युवामैत्री र उद्यमशीलतामा अग्रसर बनाउने उद्देश्य राखेको कांग्रेसको केन्द्रीय  सूचना, सञ्चार तथा प्रचार विभाग सचिव गोपालकुमार झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सम्मेलनमा ८० भन्दा बढी स्टार्टअप र साना तथा मझौला संगठित संस्थाहरूको प्रदर्शनी राखिने भएको छ । दुई दिन आयोजना हुने सम्मेलनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने प्रचार विभागले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ४ : ३२ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि