सुडानको डार्फरस्थित अस्पतालमा ड्रोन आक्रमण, ३० जनाको मृत्यु « Khabarhub

सुडानको डार्फरस्थित अस्पतालमा ड्रोन आक्रमण, ३० जनाको मृत्यु


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

डार्फर– सुडानको डार्फर क्षेत्रको अल–फशेरमा रहेको अन्तिम अस्पतालमा ड्रोन आक्रमण हुँदा ३० जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् ।

शुक्रबार साँझ साउदी अस्पतालमा भएको बम विष्फोटले यस क्षेत्रका बिरामीको आकस्मिक उपचार गर्नका लागि उपलब्ध एक मात्र अस्पतालको भवन ‘ध्वस्त’ पारेको स्रोतले एएफपीलाई बताएको छ ।

सुडानमा युद्धरत कुन पक्षले आक्रमण गरेको हो भन्ने तत्काल स्पष्ट हुन सकेको छैन । अप्रिल २०२३ देखि सुडानी सेना अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)सँग युद्धमा छ । समूहले डार्फरको लगभग सम्पूर्ण विशाल पश्चिमी क्षेत्र कब्जा गरेको छ ।

उनीहरूले उत्तरी डार्फरराज्यको राजधानी अल–फाशेरलाई गत मे देखि नै घेरा हालेका छन्, तर सेनासमर्थित मिलिसियाले पटक–पटक प्रतिकार गरी उनीहरूलाई पछि धकेलेको थियो र उनीहरूले सहरमा आफ्नो दाबी गर्न सकेका छैनन् ।

मेडिकल स्रोतका अनुसार सोही भवनमा केही हप्ताअघि आरएसएफको ड्रोनले आक्रमण गरेको थियो । अल–फाशेरमा स्वास्थ्य सेवामा आक्रमण व्यापक रूपमा भइरहेको छ, जहाँ ‘डक्टर्स विदाउट बोर्डर्स’ले यसै महिना साउदी अस्पताल ‘शल्य चिकित्सा क्षमता भएको एक मात्र सार्वजनिक अस्पताल भएको’ बताएको थियो।

सरकारी तथ्यांकअनुसार लडाइँका कारण देशभरका ८० प्रतिशतसम्म स्वास्थ्य संस्था सेवाबाट वञ्चित भएका छन् । यस युद्धले अहिलेसम्म दशौँ हजारको ज्यान लिइसकेको छ, एक करोड २० लाखभन्दा बढीलाई विस्थापित गरेको छ र लाखौँलाई सामूहिक भोकमरीको सङ्घारमा पुर्‍याएको छ ।

संयुक्त राष्ट्रसङ्घ समर्थित एक आँकलन अनुसार अल–फशेर आसपासका क्षेत्रमा तीन विस्थापन शिविरहरू जमजम, अबु शौक र अल–सलाममा अनिकालले कब्जा जमाइसकेको छ र मे सम्ममा शहरसहित थप पाँच क्षेत्रमा विस्तार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ४ : ५४ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,