प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

फाप्ला – धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । आज सम्पन्न फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको जित निकाल्दै एपीएफले उपाधि हात पारेको हो ।

योसँगै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधिसँगै एपीएफले पाँच लाख पुरस्कार पाएको छभने सुदूरपश्चिम उपविजेता हुँदै तीन लाख हात पार्‍यो । 

जितका लागि पाएको ६८ रनको विजयी लक्ष्य एपीएफले १२ दशमलव पाँच ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । एपिएफका ममता चौधरीले अविजित ४३, कप्तान इन्दु बर्मा नटआउट १८ रन जोडिन् । 

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १८ दशमलव एक ओभरमा ६७ रनमा समेटियो । जसमा ममता बोहराले १८ र कप्तान विन्दु रावलले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

बलिङतर्फ एपीएफका कविता जोशीले तीन, कप्तान इन्दु बर्मा र सवनम राईले दुई दुई विकेट हात पारे । कविता ‘प्लेयर अफ द म्याच’ चुनिएका छिन् । यसैबीच प्रतियोगिताभर व्यक्तिगत एक सय ७२ रन र पाँच विकेट हात पारेकी एपीएफकी कप्तान बर्मा ‘प्लेयर अफ द सिरिज’ भएकी हुन् ।

एपीएफका लागि दुई सय नौ रन बनाएकी ममता चौधरी वेस्ट ब्याटर र बागमतीका लागि १० विकेट हात पारेकी मनिषा उपाध्याय बेस्ट बलर हुन सफल भइन् । प्लेयर अफ द सिरिजले रु ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई रु २५र२५ हजार पुरस्कार पाएका छन् । 

यही माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो ।

फाइनल खेलपछि आयोजित समारोहमा नेपाल क्रिकेट सङ्घ ९क्यान०का अध्यक्ष चुतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंह, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीलगायत खेलाडीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ५ : १० बजे

हिरासतमा भेटेपछि कमल थापा भन्छन्- रवीन्द्र मिश्रले कुनै अपराध गरेका छैनन्

काठमाडौं- गत चैत १५ गते राति काठमाडौंबाट पक्राउ परेयता राष्ट्रिय

टिपरको ठक्करबाट एक वृद्धको मृत्यु

सिरहा– यहाँको मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७ स्थित फूलबरिया खण्डमा आज

कांग्रेसको कोटाबाट गभर्नर बन्ने तयारीमा रहेका पौडेलविरुद्ध पनि रिट

काठमाडौं- पछिल्लो केही दिनयता नेपाल राष्ट्र बैंकका गभर्नरको चर्चामा देखिएका

महिला टी–ट्वान्टी क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्वालिफायर क्रिकेटअन्तर्गत आज भएको

पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा

एजेन्सी – पाकिस्तानमा बन्दी बनाइएका कुल तीन सय ३० अफगान