संसदभित्र र बाहिर एक ढिक्का भएर प्रस्तुत हुने कांग्रेसको निर्णय  « Khabarhub

संसदभित्र र बाहिर एक ढिक्का भएर प्रस्तुत हुने कांग्रेसको निर्णय 


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संसदभित्र र संसदबाहिर एक ढिक्का भएर प्रस्तुत हुने निर्णय गरेको छ । सिंहदरबारमा शनिबार बसेको पदाधिकारी, पूर्व पदाधिकारी, प्रमुख सचेतक-सचेतक र मन्त्रीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । 

प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले पार्टीमा आन्तरिक केही कुरा भए आइतबार र सोमबार बस्न गइरहेको संसदीय दलको बैठकमा प्रस्तुत गरेर छलफल गर्ने र संसद् र संसद् बाहिर प्रस्तुत हुँदा एक ढिक्का भएर प्रस्तुत हुने निर्णय बैठकले गरेको जानकारी दिए । 

‘भोलि र पर्सी संसदीय दलको बैठकमा छलफल गरेर कांग्रेसभित्र रहेका केही कुरा छन् भने दलकै बैठकमा प्रस्तुत गर्ने र एक ढिक्का भएर एउटै आवाजका साथ एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि प्रस्तुत हुँदाखेरि एक ढिक्का भएर प्रस्तुत हुने सहमति भयो । निर्णय भयो,’ बैठकपछि प्रमुख सचेतक घिमिरेले भने ।  

बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम–कारबाही, संसद्मा प्रस्तुत भएका विधेयक र प्रस्तुत हुने विधेयक तथा अध्यादेशहरूका बारेमा गृहमन्त्री रमेश लेखकले ‘ब्रिफिङ’ गरेका थिए । 

कृषिमन्त्री रामनाथ अधिकारी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आ–आफ्नो मन्त्रालयले गरिरहेका कामका बारेमा बैठकमा जानकारी गराएको प्रमुख सचेतक घिमिरेले बताए ।

उनले भने, ‘मैले संसद्को तर्फबाट विधेयकको अवस्था र कति छ र कुन अवस्थामा छ । कति पारित गर्न सक्छौँ भन्नेबारे जानकारी गराएँ ।’

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ५ : ५३ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी