‘भारतीय नाकाबन्दी असफल भएकै कारण एमालेमाथि प्रहार भइरहेको छ’ « Khabarhub

‘भारतीय नाकाबन्दी असफल भएकै कारण एमालेमाथि प्रहार भइरहेको छ’


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले ०७२ सालमा संविधान जारी गर्दा भारतले लगाएको नाकाबन्दी असफल बनाइएका कारण पार्टीमाथि प्रहार भइरहेको दाबी गरेका छन् । 

एमालेको युवा संगठन युवा संघ नेपालले शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन समयमा नाकाबन्दीविरुद्ध दह्रो अडान लिएका कारण अहिले एमालेमाथि प्रहार भइरहेको दाबी गरेका हुन् । 

‘छिमेकीमाथि नाकाबन्दी लगाउने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन भनेर दह्रो अडान लिएर पहिलो पटक हामीले भारतीय नाकाबन्दीलाई जनताको साथबाट असफल बनाउने काम गरेका थियौँ,’ महासचिव पोखरेलले भने, ‘आज हामी माथिको प्रहार नाकाबन्दी असफल बनाउनुको कारणले पनि हो भन्ने कुरालाई बुझ्नु पर्दछ ।’

उनले तत्कालीन समयमा संविधानसभाबाट संविधान बनाउन नदिनका लागि अनेक खेलहरू भएको जिकिर गर्दै नेपालका राजनीतिक दलहरू मिलेर संविधान बनाउने संकल्प गर्दा संविधान जारी गर्न नदिनका लागि अनेक प्रपञ्च गरिएको स्मरण गरे । 

‘कसैले आँट गरेको थिएन । केपी ओलीले भन्नुभयो– संविधानसभाको काम संविधान बनाउने हो, संविधान नबनाएर त्यसले अरु केही काम गर्दैन । संविधान नै बनाउने काम गर्दछ । कुनै समस्या छन् भने समाधान हामी आफैँले गर्दछौँ,’ उनले भने, ‘मित्रहरूले चिन्ता गर्नु पर्दैन भनेर भारतीय विदेश सचिव जयशंकरलाई भनेर संविधान निर्माणको नेतृत्व गर्ने नेता को हो भन्दाखेरि हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली हो भन्ने कुराको सच्चाईलाई आजको प्रहारसँग जोडेर बुझनु सक्नु पर्दछ ।’

संविधान जारी भएपछि नेपालमाथि नाकाबन्दी लगाइएको भन्दै महासचिव पोखरेलले तत्कालीन समयमा सरकारमा रहेका दलका नेताहरूले नाकाबन्दीलाई नाकाबन्दीसम्म पनि भन्न नसकेको टिप्पणी गरे । 

‘हामीले संविधान जारी गरेपछि यो मुलुकमा नाकाबन्दी लगाइयो । सरकारमा रहेको त्यतिबेलाका दलका नेताहरूले नाकाबन्दीलाई नाकाबन्दी पनि भन्न सकेनन् । 

सिमानाको अवरोध भन्न थाले,’ उनले भने, ‘तर, जब केपी ओली प्रधानमन्त्री हुनुभयो, उहाँले भन्न थाल्नुभयो, जहाँ धर्ना छ त्यहाँबाट सामान नआउने कुरा त बुझ्न सकिन्छ, जहाँ धर्ना नै छैन त्यहाँबाट सामान किन आउँदैन रु त्यस अर्थमा यो नाकाबन्दी हो ।’

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ६ : १८ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,