जनतासँगै खट्न नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन « Khabarhub

जनतासँगै खट्न नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी नेता तथा कार्यकर्ताहरुलाई जनतासँगै खट्न निर्देशन दिएका छन् ।

माओवादी केन्द्र घोराहीको नगर अधिवेशन उद्घाटन तथा जिल्लास्तरीय पार्टी प्रशिक्षणलाई आज घोराहीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले विगतमा सत्तामा जाँदा सहिद, बेपत्ता तथा घाइते परिवारसँग सम्बन्ध टुटेको, जनतासँग पनि सम्बन्ध पनि टुटेको उल्लेख गर्दै विगतको गल्ती सच्याउन निर्देशन गरे ।

“विगतमा हामीमा धुलो लागेकै हो”, उनले भने, “अब हामी सच्चिनु पर्छ, सच्चिएर जनताको सेवामा लाग्नुपर्छ ।”

अहिले आफूले देशव्यापी रुपमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गरिरहेको तथा जनताको घरदैलोमा पुग्ने गरेको भन्दै सबै नेता तथा कार्यकर्ताहरु यसरी नै जनताको घर–घरमा जान निर्देशन गरे ।

साथै उनले प्राप्त उपलब्धिहरुलाई रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए। उपलब्धिमाथि चौतर्फी प्रहार भइरहेको भन्दै यसको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन हुन सक्ने भन्दै त्यसका लागि तयार हुनसमेत निर्देशन दिए

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ९ : ३१ बजे

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी