तत्कालका लागि अन्तराष्ट्रिय सहायता बन्द गर्ने ट्रम्पको घोषणा « Khabarhub

तत्कालका लागि अन्तराष्ट्रिय सहायता बन्द गर्ने ट्रम्पको घोषणा


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

वासिङटन – संयुक्त राज्य अमेरिकाले तत्कालका लागि अन्तराष्ट्रिय सहायता बन्द गर्ने भएको छ।

समाचार संस्था एएफपीका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले इजरायल र इजिप्टका लागि खाद्य र सैन्य सहायता बाहेक अन्य सहायता बन्द गरेको हो । ट्रम्पले राष्ट्रपतिको शपथ लिएसँगै अमेरिकाले यस्तो कदम उठाएको समाचारमा उल्लेख छ ।

विदेशमन्त्री मार्को रुबियोले नयाँ अनुदान वा विस्तार गर्ने समीक्षा र अनुमोदन नहुँदासम्म नयाँ खाले सहायता र साविकका सहायताका लागि सहयोग नगरिने बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयको यो आदेशले गरिब देशहरूलाई दिइँदै आएको स्वास्थ्य सहायता पनि तत्कालका लागि रोकिएको छ। यसले विश्वभर स्वास्थ्य, शिक्षा, विकास र रोजगारीसँग सम्बन्धित धेरै परियोजना बन्द हुने खतरा बढेको छ।

ट्रम्पको अमेरिका पहिलो नीतिअनुरूप यो नयाँ कदम चालिएको बताइएको छ । राष्ट्रपतिको निर्वाचन कै वेला ट्रम्पले विदेशी सहयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १० : १८ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख