‘मायावी’को प्रिमियर हेरेपछि राजेश हमालले भने- फरक लभ स्टोरी फिल्म (तस्बिरसहित) « Khabarhub

‘मायावी’को प्रिमियर हेरेपछि राजेश हमालले भने- फरक लभ स्टोरी फिल्म (तस्बिरसहित)


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गरी बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मायावी’को प्रिमियर सम्पन्न भएको छ ।

नायक पल शाह र नायिका दीपिका प्रसाईं केन्द्रीय भूमिकामा रहेको उक्त फिल्मको प्रिमियर कीर्तिपुरस्थित एक हलमा बुधबार सम्पन्न भएको हो ।

प्रिमियरमा महानायक राजेश हमाल, पूर्व मिस नेपाल उषा खड्गी, गायक रामकृष्ण ढकाल, निर्माता छविराज ओझालगायतका चर्चित अनुहार पुगेका थिए ।

फिल्मका कलाकार दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अन्शु महर्जन, नव–नायक समीम खान प्रिमियरमा उपस्थित थिए । नायक पल शाह भने कार्यव्यस्तताले प्रिमियरमा उपस्थित नभएको जानकारी दिइएको थियो ।

प्रिमियरपछि महानायक हमालले फरक किसिमको लभस्टोरी फिल्म बनेको प्रतिक्रिया दिए । उनले भने, ‘मैले अहिलेसम्म हेरेको लभ स्टोरीमा यो बेग्लै छ । मान्छेको मन नै त हो नी, जता पनि जान सक्छ भन्ने देखाएको छ । यो विशेष लभ स्टोरी फिल्म छ ।’

फिल्म हेरेका अधिकांशले कथावस्तु र प्रस्तुतिले आँखा रसाएको बताए । लभ स्टोरी कथावस्तुमा एउटा मन छुने कथामा फिल्म बनेको फिल्मीकर्मीको भनाई छ ।

धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा तयार भएको यो फिल्मले पोखराको सेरोफेरोमा रहेर युवा-युवतीको त्रिकोणात्मक प्रेमको कथा भन्छ । फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टाराई हुन् ।

‘मायावी’सँगै बुधबारबाट ‘फेरि रेशम फेलिली’ र ‘लाज शरणम्’ प्रदर्शनमा आउँदैछन् । यी तिनै फिल्मको अग्रिम बुकिङ खुला भइसकेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १ : ५७ बजे

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका