छात्रवृत्तिमा आवेदन दिनेको संख्या नै पुगेन, प्रधानमन्त्रीले निकाले सूचना « Khabarhub

छात्रवृत्तिमा आवेदन दिनेको संख्या नै पुगेन, प्रधानमन्त्रीले निकाले सूचना


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विभिन्न विषयका लागि खुलाइएको छात्रवृत्तिको लागि आवेदन दिनेहरूको संख्या नै पुगेन ।

त्यहीकारण प्रधानमन्त्री केपी शर्मा ओलीले आवेदकको संख्या नपुगेको भन्दै विद्यार्थीहरूसँग सामाजिक सञ्जालमा आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले फेसबुकमार्फत् खाली सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो आवेदन दिन आग्रह गरेका छन् ।

शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएको थियो । अन्डर ग्रयाजुएट एमबीबीएस १ जना, पोस्ट ग्रयाजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको मन्त्रालयले जनाएको छ ।

खाली रहेका सिटमा छात्रवृत्तिको लागि एकदुई दिनभित्रै आवेदन दिन पनि प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १ : १६ बजे

यूएई र साउदीका सबै उडान अवरुद्ध : रियादको अमेरिकी दूतावासमा आक्रमण

दुबई – इरान र इजरायल–अमेरिका गठबन्धनबीचको सैन्य मुठभेड खाडीका अन्य

तेहरान र बेरुतमा भीषण बमबारी, इरानी सरकारी सञ्चारमाध्यम ध्वस्त

तेहरान – इजरायली सेनाले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा

अमेरिकाले भन्यो- इरानमाथि कडा प्रहार हुन बाँकी छ

तेहरान- इरान र अमेरिकाबीचको तनाव चरम बिन्दुमा पुगेको छ। इरानले

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मौन अवधिमा केके गर्न पाइँदैन ?

काठमाडौं – बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु