विभिन्न देशको ट्रेन्डिङमा ‘होस्टल–३’ « Khabarhub

विभिन्न देशको ट्रेन्डिङमा ‘होस्टल–३’


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युट्युबको ‘सर्ट फिचर’ आएपछि नेपाली कन्टेन्टहरू समग्र ट्रेन्डिङमा विरलै पर्छन् । धेरैपछि नेपाली फिल्म ‘होस्टल–३’ को ट्रेलर ट्रेन्डिङमा परेको छ ।

गत शुक्रबार सार्वजनिक यस ट्रेलर समग्र युट्युब ट्रेन्डिङको तेस्रो नम्बरमा छ । फिल्मतर्फ भने ट्रेन्डिङ नम्बर १ मा छ ।

ट्रेलरले फिल्मको हाइप बढाएको छ । निर्माण पक्षको दाबी अनुसार ट्रेलरले सार्वजनिक भएको २१ घण्टामा १० लाख भ्युज पाएको थियो । यसले अहिलेसम्म १७ लाखभन्दा बढी भ्युज पाएको छ ।

सार्वजनिक भएको सुरुवातदेखि नै दर्शकबाट राम्रो साथ पाएको छ । सार्वजनिक भएको ६ घण्टामै ट्रेलर टेन्डिङ पेजमा देखिएको थियो ।

नेपाल बाहिरका दर्शकले पनि ट्रेलरलाई रुचाइएको पाइएको छ । त्यहीकारण नेपाली रहेका १५ देशमा समेत ट्रेलर ट्रेन्डिङमा छ ।

कुवेतमा ट्रेलर ट्रेन्डिङको शीर्षस्थानमा पुगेको थियो । कतारमा, पोर्चुगलमा, साउदी अरेबियामा, रोमानिया र संयुक्त अरब इमिरेट्स, जापान र अस्ट्रेलिया,माल्टा, मलेसिया, दक्षिण कोरिया, बेलायतमा यो ट्रेलर ट्रेन्डिङमा पुगेको थियो । अहिले पनि ट्रेलर यी देशको ट्रेन्डिङ पेजमा कायमै छ ।

निर्देशक सशान कँडेलले ट्रेलर मन पराइदिएकामा दर्शकप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनी भन्छन्, ‘दर्शकले ट्रेलरबाट जुन अपेक्षा गर्नुभएको छ । त्यसमा हामी निराश हुन दिने छैनौँ ।

यो फिल्म फागुन २३ बाट प्रदर्शनमा आउँदै छ । निर्देशक कँडेलले नयाँ अनुहारलाई ठूला पर्दामा अवसर दिँदैछन् ।

फिल्मको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् ।

नायक प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

फिल्मको कथा माधव शर्माले लेखेका हुन् । निर्माताहरु सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १ : ५३ बजे

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका