दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग « Khabarhub

दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामहरि खतिवडाले सडक दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

काभ्रेभञ्ज्याङमा आज भएको बस दुर्घटनाको विषय पनि उनले संसद्मा उठाए। यस्तै ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचयपत्र बाध्यकारी नबनाउन र सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने व्यवस्था गर्न सांसद खतिवडाले संसद्मार्फत सरकारसँग माग गरे।

यस्तै सांसद देवेन्द्र पौडेलले विभिन्न सडक दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग गरे । दुर्घटनामा कमी ल्याउन सडक सुरक्षा प्रभावकारी बनाउने र ट्राफिक नियमको पालनामा कडाइ गर्नुपर्ने उनको सुझाव छ । राति दुर्घटना हुँदा घाइतेको उद्धार गर्न राज्यसँग ‘नाइटभिजन’ हेलिकोप्टर नहुनु दुःखद भएको सांसद पौडेलको भनाइ छ ।

सांसद ज्ञानबहादुर शाहीले सरकारले अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउन नसकेको र कतिपय पालिकाका कर्मचारीले तलब पाउन नसकेको विषय संसद्मा उठाए । चालु आर्थिक वर्ष २०८१-८२ को बजेटमार्फत स्थानीय तहका लागि विनियोजन भएको वित्तीय समानीकरण अनुदान अर्धवार्षिक समीक्षापछि कटौती गरिएकामा उनले आपत्ति जनाए।

सांसद अनिता देवीले कर्मचारीलाई जनप्रतिनिधिले सहयोग नगरेको विषय संसद्मा उठाइन्। त्यस्तै, पाथीभरा क्षेत्रमा भएको विवादलाई समाधान गर्न सरकारले भूमिका खेल्नुपर्ने उनले बताइन्।

सांसद लालवीर चौधरीले जंगली जनावरको आक्रमणबाट ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या दिनानुदिन बढिरहेको उल्लेख गर्दै उक्त  समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए। राष्ट्रिय निकुञ्ज, वन क्षेत्र र भारतीय सीमा क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढेको उनले बताए।

सांसद डा अमरेशकुमार सिंहले विभिन्न धार्मिक सम्प्रदायबीच वैमनस्यता उत्पन्न हुने र सामाजिक सद्भाव बिग्रिने गरी सामाजिक सञ्जालमा आउने अभिव्यक्तिमाथि निगरानी र नियन्त्रण आवश्यक रहेको बताए।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १ : ५६ बजे

कान्तिलोकपथमा ट्रक पल्टिँदा सडक अवरुद्ध

मकवानपुर– सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन– चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज

एमालेले काठमाडौंमा वृहत जनसभा र प्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने

तनहुँमा पूर्वाधार विकासका १७९ योजना सम्पन्न

तनहुँ– पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ डण्डा