आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट « Khabarhub

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम र गुल्मीमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ ।   

इलामको माई नगरपालिका-८ संघुरूखोला बस्ने गोविन्द बहादुर राईको घरमा विद्युत् सर्ट भई सोमबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

त्यसतै, गुल्मीको चन्द्रकोट गाउँपालिका-५ जोगिस्थान बस्ने २९ वर्षीया बसन्ती कुँवरको गोठमा सोमबार साँझ लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४० वर्षीया सिता कुँवरको घरमासमेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  २ : १९ बजे

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस