जनवादी विवाह गरेका अनेरास्ववियु नेताले विद्यालयमा खोले अक्षयकोष « Khabarhub

जनवादी विवाह गरेका अनेरास्ववियु नेताले विद्यालयमा खोले अक्षयकोष


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले जनवादी प्रगतिशील विवाह गरेर जोगाएको खर्चले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

उपाध्यक्ष गिरी र अनेरास्ववियु केन्द्रीय सदस्य इन्जिनियर रचना सापकोटाबीच एमाले केन्द्रीय कार्यालय च्यासलमा गत फागुन ८ गते जनवादी विवाह भएको थियो ।

त्यसपछि बिहे खर्च जोगाएको रकममध्ये प्युठानको नारिकोटस्थित अमृत जीवन माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको गिरीले बताए ।

गिरीले बिहेमा अनावश्यक खर्च गरेर ऋणको भारी बोक्ने तनावबाट जोगिएर बचेको पैसाले विद्यालयमा अक्षयकोषको स्थापना गरेको बताए । त्यही विद्यालयबाट गिरीले आधारभूत शिक्षा लिएका थिए ।

उक्त अक्षयकोषबाट आउने ब्याजबाट अब प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने पनि उनले जानकारी दिए ।

कुनै बेला कम्युनिस्ट पार्टीहरूमा जनवादी विवाह चर्चित थियो । यस्तोमा दुर्लभ जनवादी बिहे गरेर गिरी र सापकोटाले उदाहरणीय काम गरेको एमाले नेताहरूले बताएका थिए। उनीहरूलाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित भएर बरबधूलाई शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  २ : २५ बजे

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित