प्रेमसम्बन्धको विवादमा दुई पक्षबीच झडप : २० जना घाइते, प्रहरीको गाडीसमेत जलाइयो « Khabarhub

प्रेमसम्बन्धको विवादमा दुई पक्षबीच झडप : २० जना घाइते, प्रहरीको गाडीसमेत जलाइयो


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- प्रेम सम्बन्धबारे सुरू भएको उत्पन्न विवादले उग्र रुप लिँदा भएको झडपका क्रममा नवलपरासीमा २० जना घाइते भएका छन् ।

झडपका क्रममा एकजना गम्भीर घाइते भएका छन् । त्यसक्रममा आक्रोशित स्थानीयबासी प्रहरीको गाडी जलाइदिएका छन् । आगजनीबाट एउटा कवाडी सामानको गोदाम पनि जलेको छ ।

पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी पक्षका सदस्य भिडेका हुन् । झडपका क्रममा केटा पक्षले केटी पक्षका आफन्तको कवाडी गोदाममा आगो लगाइदिएका छन् ।

आगोले केटी पक्षका आफन्तको घर पनि जलेको छ। केटा र केटी पक्ष दुवैको घर एकै वडाको छोट्की कुश्मा गाउँमा अवस्थित छ ।

केटी पक्षका हजुरबुवा नाताका मोहरम पवरिया(मुसलमान) को घर बेलासपुरमा रहेको छ । केटा पक्षको समूहले मोहरमको बेलासपुरस्थित कवाडी गोदाम जलाइदिएको छ।

प्रेमसम्बन्धमा रहेका केटा र केटीको उमेर २० वर्ष छ । मबार साँझ केटाका भाइ बेलासपुर आउँदा मोहरमका छोरा सोवराती पवरियासहितले कुटपिट गरेपछि विवाद चर्किएको थियो ।

कुटपिटको कारण सोध्दै केटा पक्ष मंगलबार बिहान मोहरमको घरमा पुगेपछि झडप सुरु भएको हो । केटी पक्षले घरको छतबाट ढुंगा हान्ने र केटा पक्षले तलबाट जवाफ दिन थालेका थिए ।

मोहरमका छोरा सोवरातीले केटा पक्षमाथि ढुंगा हानेपछि भाग्ने क्रममा दुईजना घाइते भएका छन् । त्यसपछि आक्रोशित केटा पक्षले कवाडी गोदम जलाइदिएको हो ।

झडपका क्रममा भागिरहँदा गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् । घाइतेमध्ये केटा पक्षका विजय धवलको अवस्था चिन्ताजनक छ ।

केटापक्षकै ४५ वर्षीय बैजनाथ प्रसाद लोनियाको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले बताए ।

दुईजनाको भैरहवा सिटी अस्पतालमा उपचार हुँदैछ । आक्रोशित समूहले इलाका प्रहरी कार्यालय महेशपुरको गाडी पनि जलाएका छन्।

प्रहरीले अवस्था नियन्त्रणमा लिन ५ राउण्ड अश्रुग्यास र ३ राउण्ड हवाई फायर गरेको सूचना अधिकारी थापाले बताए ।

झडपका क्रममा अरु तीन सर्वसाधारण, इन्स्पेक्टरसहित ११ जना नेपाल प्रहरी र चारजना सशस्त्र प्रहरीका छन् ।

आगजनीमा संलग्न भएका चार महिलासहित ५ जनालाई पक्राउ गरिएको छ अहिले घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  २ : ४५ बजे

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट

सुर्खेतमा करिब ३८ हजार ग्यास वितरण, अभाव कायमै

कर्णाली – विगतमा प्रतिमहिनामा २०/२६ हजारले पुग्ने सुर्खेतमा साउनको २०