सकारात्मक सोचाई राखौँ, भएको विकासलाई आत्मसात् गरौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

सकारात्मक सोचाई राखौँ, भएको विकासलाई आत्मसात् गरौँ : उपप्रधानमन्त्री सिंह


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नकारात्मक प्रचारप्रसारले विकास निर्माण सम्भव नहुने भन्दै सकारात्मक सोचाइ राख्नुपर्ने बताएका छन्। 

मंगलबार नेपालगञ्ज उपमहानगरपालिकामा निर्मित सिटी हलको समुद्घाटन गर्दै उनले भएका विकास कार्यलाई आत्मसात् गर्नुपर्ने धारणा राखे। उपप्रधानमन्त्री सिंहले भएका विकास निर्माणका काम  संरचनाको सदुपयोग गर्नुपर्नेमा जोड दिए। 

विकास निमार्णको क्रममा बनिसकेको भवन तथा विकासको सही सदुपयोग गर्नुपर्छ उनले भने ,नकारात्मक प्रचारप्रसारले विकास सम्भव हुुन सक्दैन। सकारात्मक सोचाइ र भएका विकासलाई पनि आत्मसात् गर्नु जरुरी छ । सिटी हलले नेपालगञ्जमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने पनि उनले विश्वास व्यक्त गरे । 

नेपालगञ्ज सिट हलकोको निमार्णपश्चात् यहाँ हुने विभिन्न गतिविधिहरुलाई व्यवस्थित गर्न सुविधा हुने भन्दै उनले  यसको सही सदुपयोग गर्नको लागी आग्रह गरे । 

हलको सिटिंग क्यापासीटी ७९५ रहेको छ । सिटी हलको समुद्घाटनसँगै हल सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

उपप्रधानमन्त्री सिंहले बोल्ने अधिकार सँगसँगै आफ्नो काम कर्तव्य लाई पनि भुल्नु नहुने भन्दै सधैँ नकारात्मकतामा लाग्ने भन्दा सकारात्मक आलोचना हुनुपर्नेमा बताए।

उनले वर्तमान सरकार राजनीतिक स्थिरताको जगमा समृद्धिको बाटमेमा अघि बढिरहेको भन्दै त्यसमा हरेकको साथको आवश्यकता रहेकोमा जोड दिए।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  २ : ४७ बजे

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा