सकारात्मक सोचाई राखौँ, भएको विकासलाई आत्मसात् गरौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

सकारात्मक सोचाई राखौँ, भएको विकासलाई आत्मसात् गरौँ : उपप्रधानमन्त्री सिंह


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नकारात्मक प्रचारप्रसारले विकास निर्माण सम्भव नहुने भन्दै सकारात्मक सोचाइ राख्नुपर्ने बताएका छन्। 

मंगलबार नेपालगञ्ज उपमहानगरपालिकामा निर्मित सिटी हलको समुद्घाटन गर्दै उनले भएका विकास कार्यलाई आत्मसात् गर्नुपर्ने धारणा राखे। उपप्रधानमन्त्री सिंहले भएका विकास निर्माणका काम  संरचनाको सदुपयोग गर्नुपर्नेमा जोड दिए। 

विकास निमार्णको क्रममा बनिसकेको भवन तथा विकासको सही सदुपयोग गर्नुपर्छ उनले भने ,नकारात्मक प्रचारप्रसारले विकास सम्भव हुुन सक्दैन। सकारात्मक सोचाइ र भएका विकासलाई पनि आत्मसात् गर्नु जरुरी छ । सिटी हलले नेपालगञ्जमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने पनि उनले विश्वास व्यक्त गरे । 

नेपालगञ्ज सिट हलकोको निमार्णपश्चात् यहाँ हुने विभिन्न गतिविधिहरुलाई व्यवस्थित गर्न सुविधा हुने भन्दै उनले  यसको सही सदुपयोग गर्नको लागी आग्रह गरे । 

हलको सिटिंग क्यापासीटी ७९५ रहेको छ । सिटी हलको समुद्घाटनसँगै हल सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

उपप्रधानमन्त्री सिंहले बोल्ने अधिकार सँगसँगै आफ्नो काम कर्तव्य लाई पनि भुल्नु नहुने भन्दै सधैँ नकारात्मकतामा लाग्ने भन्दा सकारात्मक आलोचना हुनुपर्नेमा बताए।

उनले वर्तमान सरकार राजनीतिक स्थिरताको जगमा समृद्धिको बाटमेमा अघि बढिरहेको भन्दै त्यसमा हरेकको साथको आवश्यकता रहेकोमा जोड दिए।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  २ : ४७ बजे

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान

देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत

 काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन

कहिले आउँदैछ ‘जिरो डिग्री’ ?, घोडामाथि विजयको अनौठो अवतार

काठमाडौं– फिल्मको नाम ‘जिरो डिग्री’, पोस्टरमा घोडामाथि सवार अभिनेता विजय

अर्जुन दोङको परिवारसँग संवाद गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा सांसद आर्यन राईले अर्जुन दोङ तामाङको