पूर्वराजालाई ठाकुर गैरेले भने- निरंकुश बन्दा राजतन्त्र ढल्यो, धेरै आँखा नचम्काउनू « Khabarhub

पूर्वराजालाई ठाकुर गैरेले भने- निरंकुश बन्दा राजतन्त्र ढल्यो, धेरै आँखा नचम्काउनू


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्रले शहीदहरूको अपमान गरेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले ७५औँ प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाद्वारा जारी भिडियो सन्देशले नेपाली समाजलाई तरंगित बनाएको टिप्पणी गरेका हुन् ।

‘पूर्व राजा ज्ञानेन्द्रबाट शहीदको अपमान भयो । प्रजातन्त्रप्रति विषवमनको कोसिस गरे । जननेता मदन भण्डारीले ०४६ सालको परिवर्तनलगत्तै ०४८ को निर्वाचनताका तत्कालीन राजाले संविधानको केही प्रावधान उल्लंघन गर्ने प्रयास गरेपछि भन्नुभएको थियो-महाराज हात नलम्काइबक्सियोस् । आँखा नझिम्काइबक्सियोस् । संविधानले, व्यवस्थाले दिएको आशनमा बस्नुहोस् । हामीलाई आपत्ति छैन । तर, संविधान उल्लंघनको कोसिस भए राजतन्त्रको समाप्तिलाई कसैले रोक्न सक्ने छैन,’ उनले भने ।

२०४७ चैत ५ गते काठमाडौंमा आयोजित चुनावी सभामा नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीले सबैभन्दा चर्चित मन्तब्य दिएका थिए। उनले तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच खोलेर चुनाव लडेर राजनीतिमा आउन चुनौती दिएका थिए ।

नेता गैरेले तत्कालीन राजा वीरेन्द्रकै गल्ती ज्ञानेन्द्रले गर्दा राजतन्त्र ढलेको जिकिर गरेका छन् । त्यसपछि राजा ज्ञानेन्द्रले संविधान उल्लंघनको कोसिस गरेको उनको भनाइ छ ।

‘संविधान नमान्ने, संविधानले दिएको अधिकार दुरुपयोग गर्ने । राजाले आफ्नो स्थानलाई अपमान गरे । निरंकुशता लाद्ने दलहरूलाई बन्देज लगाउने काम गरे । त्यसको परिणाम निरंकुश राजतन्त्र ढल्यो’, उनले भने, ‘२४० वर्षदेखिको राजाले गरिरहेको ब्रह्मलुट अन्त्य भयो । आज जनताले बोल्न, लेख्न पाउने, जनप्रतिनिधि चुन्न र चुनिन पाउने, आफ्ना जनतासँग चुनिएर राष्ट्रपति प्रधानमन्त्री हुन पाउने सुनिश्चित भएको छ । ’

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ३ : ०९ बजे

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर