सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता « Khabarhub

सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी रहेको छ । तर त्यही बीचमा  मौद्रिक नीतिमा खासै ठूलो परिवर्तन नआउने समाचार बाहिरिएपछि शेयर बजारमा भने लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेका छन् । 

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३१ अंकले बढेको छ । नेप्सेको परिसूचक २७८१ विन्दुमा पुगे पनि बजार बन्द हुँदा भने २७६५.८८ विन्दु मात्र कायम भएको छ । २ बजेसम्म उच्च विन्दुमा पुगेको बजार त्यसपछि भने तल झरेको छ । 

कारोबारमा भने गिरावट आएको छ । सोमबारको तुलनामा करिब २ अर्बले कारोबार घटेको छ।  

९ अर्ब ९० करोड ९३ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता शेयर मात्र कारोबार भएको छ । १०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । 

९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। ३१२ वटा कम्पनी कारोबारमा आउँदा ९७ हजार ५६२ पटक शेयर किनबेच भएको छ । 

१३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ६ वटा समूह घटेको छ । आज सबैभन्दा बढी अन्य समूह २.९० प्रतिशतले बढेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.०२ प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी ट्रेडिङ समूह २.५१ प्रतिशतले घटेको छ भने सबैभन्दा कम हाइड्रोपावर समूह ०.०० प्रतिशत अर्थात् ०.०६ अंकले घटेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ३ : २१ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको