माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : प्रचण्ड  « Khabarhub

माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : प्रचण्ड 


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलबारी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र जनताको बलले स्थापित भएको बताएका छन् । पछिल्लो समय आफ्नो पार्टीको पक्षमा जनमत बढ्दै गएको उनले उल्लेख गरे। 

‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारीसभा तथा दोस्रो गाउँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय माओवादी केनद्रको ‘एजेन्डा’प्रति जनताको आकर्षण बढेको बताए । स्थानीय तहको उपनिर्वाचनसम्म आउँदा यो कुराको व्यावहारिक रूपमै पुष्टि भएको उनको भनाइ थियो ।

जनताको एकताबद्ध प्रयासबाट आफूहरू अगाडि बढ्ने अध्यक्ष दाहालले बताए। आगामी चुनावमा गठबन्धन राजनीतिको भूल नदोहोर्‍याउने उनको भनाइ थियो । 

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ४ : २० बजे

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने 

काठमाडौं– एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा जनाएको प्रतिबद्धता

वार्ताअघि युक्रेनका लागि फ्रान्सको कडा शर्त

एजेन्सी – फ्रान्सले रुससँगको युद्ध अन्त्यका लागि युक्रेनले कुनै भूभाग

करोडौँ खर्चिएर निर्माण गरिएका फिल्म सिटीका भौतिक संरचना बेवारिसे !

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित पर्यटकीय गन्तव्यको रूपमा रहेको डाङडुङेमा

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते

बागमती– मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा

एउटै मान्छे दुई पटकभन्दा धेरै दोहोरिँदा पार्टी बिग्रिन्छ : विद्या भट्टराई

नेकपा एमालेको एघारौँ महाधिवेशन चलिरहँदा भृकुटीमण्डपमा एकसाथ भेटिए दुई नेतृ