देश विकास हुँदै छ, युवा निराश हुनु पर्दैन : प्रधानमन्त्री « Khabarhub

देश विकास हुँदै छ, युवा निराश हुनु पर्दैन : प्रधानमन्त्री


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अँध्यारो युगबाट भर्खरै उज्यालो युगमा प्रवेश गरेकाले युवा निराश हुनु नपर्ने बताएका छन् ।  

काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा मंगलबार आयोजित कार्यक्रम सम्बोधन गर्दै उनले मुलुकमा असाधारण विकास हुँदै गएकाले सरकारले केही गरेन भन्न नमिल्ने जिकिर गरे । 

सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभएर सोच–विचार गरेर काम गरिरहेको भन्दै प्रधानमन्त्रीले यो यात्रामा जनताले पनि साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । 

‘खान–लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ । पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ । तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन,’ ओलीले भने, ‘आफैं तिरेर उच्च शिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्छ ।’ 

प्रधानमन्त्री ओलीले एसईईमा धेरै संख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताए । 

आफू पहिला प्रधानमन्त्री हुँदा तीन सय ९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गर्दै ओलीले यस बीचमा प्रभावकारी रूपमा काम हुन नसकेको बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ४ : ३९ बजे

करोडौँ खर्चिएर निर्माण गरिएका फिल्म सिटीका भौतिक संरचना बेवारिसे !

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित पर्यटकीय गन्तव्यको रूपमा रहेको डाङडुङेमा

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते

बागमती– मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा

एउटै मान्छे दुई पटकभन्दा धेरै दोहोरिँदा पार्टी बिग्रिन्छ : विद्या भट्टराई

नेकपा एमालेको एघारौँ महाधिवेशन चलिरहँदा भृकुटीमण्डपमा एकसाथ भेटिए दुई नेतृ

श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ प्रणाली सुरु गर्ने

काठमाडौं– वैदेशिक रोजगारमा हुने ठगी तथा झुटा प्रलोभनबाट जोगाउन श्रम,

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

भजनी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात,