कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण « Khabarhub

कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगतमा दुई पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फेरि तेस्रो पटक स्पष्टीकरण सोधेका छन् ।

मन्त्री खड्काले विगतका स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको हुँदा कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै घिसिङले सो पदमा रहँदा गरेका कामको विवरण २४ घण्टाभित्र पेस गर्न भनेका छन् ।

‘तपाईँलाई माननीय मन्त्रीस्तरबाट निर्णय भई यस मन्त्रालयको पसं ०८१/०८२ चनं ४५२ मिति २०८१।०९।२२ को पत्रबाट स्पष्टीकरण माग गरिएको सम्बन्धमा तपाईँले पसं ०८१।०८२ चनं ७६१ मिति २०८१।०९।२८ मा पेस गर्नुभएको स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको हुँदा मन्त्रालय र तपाईंबीच मिति २०७८।१०।०५ मा भएको कार्यसम्पादन सम्झौताको व्यवस्था बमोजिम तथा नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशकको सेवाको सर्त तथा सुविधासम्बन्धी विनियमावली २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड क बमोजिम नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने ? तपाईँले कार्यकारी निर्देशकको हैसियतले गरेका देहायका विषयमा समेत २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुन नेपाल सरकार (मन्त्रीस्तर) को मिति २०८१।११।१३ को निर्णयअनुसार जानकारी गराइन्छ’, घिसिङलाई सोधिएको स्पष्टीकरणमा उल्लेख छ । 

कुलमान घिसिङलाई प्रबन्ध निर्देशकको पदबाट हटाउनको लागि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा नै प्रस्ताव लैजाने तयारी गरेका मन्त्री खड्काले राज्यमन्त्री पूर्णबहादुर तामाङकै असहयोग भएपछि पछाडि हटेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ४ : ५२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया