छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान « Khabarhub

छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट वितरण गरिने विभिन्न विषयको छात्रवृत्तिका लागि केही ‘सिट’ खाली रहेकाले आवेदन दिन आह्वान गरेका छन् ।

आज जानकारीका लागि भन्दै सामाजिक सञ्जालमार्फत शिक्षा मन्त्रालयले खुलाएको छात्रवृत्तिका लागि आवेदनको आवश्यक सिट सङ्ख्या नपुगेकाले आवेदन दिन उनले आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो आवेदन दिन सम्बद्ध सबैको ध्यानाकर्षण गरे।

‘शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकामा आवश्यक सङ्ख्या नपुगेका कारण ‘अन्डर ग्र्याजुएट एमबिबिएस’मा एक, ‘पोस्ट ग्र्याजुएट इन्जिनियरिङ’मा सात, ‘एग्रिकल्चर’मा तीन, ‘पिएचडी इन्जिनियरिङ’मा एक, ‘भेटेरिनरी’मा एक, ‘आइटी’मा चार, ‘मेडिकल साइन्स’मा दुई र ‘कन्जरभेसन’मा एक जनाको सिट अझै खाली रहेको सूचना पाएको छु । खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो (एक–दुई दिनभित्रै) आवेदन दिनुहोला,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन्

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ४ : ५९ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता