ज्ञानेन्द्र शाहीले संसदमा बोल्दा एमाले माओवादीको प्रतिवाद « Khabarhub

ज्ञानेन्द्र शाहीले संसदमा बोल्दा एमाले माओवादीको प्रतिवाद


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र बहादुर शाहीले प्रतिनिधि सभामा राष्ट्रिय सभालाई फेरी बृद्धहरुको सभा भन्ने धारणा दोहोर्‍याएका छन् । मंगलबार बसेको बैठकमा राष्ट्रिय सभालाई वृद्धाश्रम भन्दै टिप्पणी गरेपछि सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिवाद गरेका छन्।

मंगलबार प्रतिनिधि सभामा आम सञ्चार विधेयकमाथिको छलफलमा सांसद शाहीले राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकमा गलत कुरा रहेको दाबी गर्दै सांसद शाहीले राष्ट्रिय सभाले जस्ताको त्यस्तै पारित गरेको भन्दै आपत्ति जनाए । उनले राष्ट्रिय सभा वृद्धाश्रम बनेको बताउँदै त्यस्तो कुरा ख्याल नगर्ने सभा वृद्धाश्रम नै भएको आरोप लगाए ।

 ‘यत्तिसम्म पनि अध्ययन गरेर आउँदै भने हामीले वृद्धाश्रम नभनेर राष्ट्रिय सभालाई के भन्ने ?’ उनले भने ।

सांसद शाहीले राष्ट्रिय सभालाई होच्याउने शब्द प्रयोग गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विरोध जनाए । उनले नियमापत्ति गर्दै सांसद शाहीको शब्द सदनको रेकर्डबाट हटाउन माग गरे ।

‘संसदको रोष्ट्रममा बसेर राष्ट्रिय सभाबारे गरेको टिप्पणी गलत छ’ पाण्डेले भने । संविधान, कानुन अनुसारको अभिव्यक्ति नरहेको भनेर सभामुखको ध्यानाकर्षण गरे ।

सांसद पाण्डेको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाए । उनले आफ्नो ध्यानाकर्षण भएको बताउँदै पाण्डेलाई बस्न अनुरोध गरे । सांसद शाहीलाई बोल्न अनुमति दिए । पाण्डेको नियमापत्ति पछि बोलेका सांसद शाही फेरि पाण्डे माथि नै जाइलागेका थिए ।

सांसद शाहीले प्रतिनिधि सभा सदस्यलाई राष्ट्रिय बोलेकै आधारमा राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गर्दा किन नबोलेको भन्दै पाण्डेमाथि प्रश्न तेर्साए । 

‘म प्रतिनिधि सभाको निर्वाचित सदस्य हो । मेरा विरुद्धमा राष्ट्रिय सभामा खेद प्रस्ताव पारित हुँदा तपाईँको ध्यान कहाँ थियो ?’ उनले सोधे ।

सांसद पाण्डे र शाहीको सवाल जवाफमा नेकपा एमालेका सांसद रघुजी पन्त पनि मिसिए । उनले आफू यसअघि प्रेस काउन्सिल नेपालको सदस्य भइसकेको र यसबारेमा धेरै कुरा थाहा रहेको बताउँदै राप्रपा सांसद शाहीले सदनमा गलत सूचना सम्प्रेषण गरेको बताए । उनले यस्तो गलत कुरा नगर्न आग्रह गरे । सांसद शाही फेरि पन्तमाथि जाईलागे ।

त्यसपछि सांसद शाहीले ‘राष्ट्रिय सभा विज्ञको सभा हुनुपर्नेमा राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र हुन पुगेको’ टिप्पणी गरे । 

‘राष्ट्रिय सभा विज्ञहरूको भर्ती केन्द्रका लागि बनाइएको हो तर, अहिले कार्यकर्ताको भर्ती केन्द्र भयो ?’

सांसद शाहीले राष्ट्रिय सभामा ‘विज्ञ खै’ भनेर उनले प्रश्न गरे । ‘कानुन विज्ञ खै ? अर्थ विज्ञ खै ? कुटनीतिक तथा परराष्ट्र विज्ञ खै ? चलचित्रको विज्ञ खै ? कृषि विज्ञ खै रुसञ्चार विज्ञ खै ? शिक्षा विज्ञ खै ? स्वास्थ्य विज्ञ खै ? आविश्कार तथा अन्वेष्ण विज्ञ खै ? सांस्कृतिक तथा पर्यटन विज्ञ खै ? पूर्वाधार तथा भौतिक विज्ञ खै रु सुरक्षा तथा रक्षा विज्ञ खै ?’

एमाले सांसद पन्तले निरन्तर शाहीको कुरा गलत भएको बताइरहे । तर, सभामुखले बोल्न अनुमति दिएनन् । निक्कै लामो समयसम्म पन्त आफ्नो आसनबाट उठिरहे । सभामुखले राप्रपा सांसद शाहीलाई व्यक्ति केन्द्रित भएर नबोल्न अनुरोध गरे ।

 सांसद पन्तले ‘संसदलाई गलत जानकारी दिन नपाइने’ भन्दै आपति जनाएका थिए ।

सांसद शाहीले यसअघि राष्ट्रिय सभालाई वृद्धाश्रम भन्दै टिप्पणी गरेपछि राष्ट्र सभाले उनीविरुद्ध खेद प्रस्ताव समेत पारित गरेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ५ : २३ बजे

योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ

काठमाडौं- राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ र

पोखरेल प्यानलमा पदाधिकारीको अन्तिम सूची : अग्नि खरेल सचिव समेटिँदा आनन्द पोखरेल उपमहासचिवमा आए

काठमाडौं- नेकपा एमालेले ११औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यालनलबाट पदाधिकारीका उम्मेदवारहरूको

रेडपाण्डा म्याराथन : पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते

फिक्कल– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज इलाममा आयोजित ‘रेडपाण्डा म्याराथन’को

एसियाली विकास बैंकबाट १४ अर्ब ३८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले एसियाली विकास बैंकबाट प्राप्त हुने करिब १४ अर्ब

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न चेम्बर निवर्तमान अध्यक्षको आग्रह 

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा