अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले रुद्ध « Khabarhub

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले रुद्ध


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले रुद्ध भएको छ ।

पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराह्न २: ४५ बजेदेखि शुरु हुनुपर्ने समूह बी अन्तर्गतको यो खेल लगातारको वर्षापछि शुरु नै नभएर रद्ध भएको छ ।

खेल रद्ध भएपछि अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक एक अंक बाँडेका छन् । यसपछि समूह बी मा दक्षिण अफ्रीका २ खेलमा ३ अंकसहित शिर्ष स्थानमा रहेको छ भने अस्ट्रेलियापनि २ खेलमा समान ३ अंकसहित रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ  ।

यस समुहमा रहेका इङल्याण्ड र अफगानिस्तानले आफ्नो पहिलो खेलमा हार बेहोरेर अंकविहिन रहेका छन् । अब च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार इङल्याण्ड र अफगानिस्तानबीच खेल हुँदै छ । यो खेल पाकिस्तानको लाहोरमा हुने छ ।

च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ए बाट भने भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । त्यस्तै बंगलादेश र पाकिस्तान भने आफ्ना २-२ खेलमा हार बेहोरेर बाहिरिएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : २७ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको