अर्थतन्त्र सुधारको लागि सबै पक्ष गम्भीर हुन आवश्यक : अध्यक्ष ढकाल « Khabarhub

अर्थतन्त्र सुधारको लागि सबै पक्ष गम्भीर हुन आवश्यक : अध्यक्ष ढकाल


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र एउटै डुंगाका यात्री भएको उल्लेख गर्दै अर्थतन्त्र सुधारको लागि सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन् ।

संङ्घीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार आयोजना गरेको ‘संङ्घीय संरचनामा लगानी प्रवर्द्धन, सम्भावना, चुनौती र निजी क्षेत्रको अपेक्षा’ विषयका कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीको पर्याप्त सम्भावना भए पनि सोही अनुरूपको समग्र वातावरण नहुँदा  राज्यले प्रतिफल पाउन नसकेको बताए ।

उनले देश विकासका लागि लगानी प्रवर्द्धन आवश्यक रहेको र यसका लागि लागि सबै राजनीतिक दल, प्रशासन संयन्त्र र निजी क्षेत्र उत्तिकै जिम्मेवार हुनु पर्ने धारणा राखे ।

‘सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र हामी एउटै डुङ्गाका यात्री हौँ । डुङ्गामा क्षति पुग्दा एउटा पक्ष सुरक्षित र अर्को असुरक्षित भन्ने हुँदैन । यस कारण देशको अर्थतन्त्र बलियो बनाउन हामी सबै उत्तिकै जिम्मेवार छौँ र हुनु पर्दछ उनले भने। 

उनले २०७२ सालको संविधानले नेपाललाई एकात्मक प्रणालीबाट संघात्मक पद्घतिमा रुपान्तरित गरि शासन सञ्चालनको स्वायत्तता, सहभागिता र जबाफदेहिताको परिकल्पना गरे पनि तीनै तहका सरकारहरू सोही अनुरूप चल्न नसकेको बताए । 

अध्यक्ष ढकालले लगानी प्रवर्द्धनका लागि राजनीतिक एवं नीतिगत अस्थिरता, संघीय सरकारका तहहरूबिचको अन्तरसम्बन्ध र समन्वयको अभाव, निजी क्षेत्र प्रोत्साहन गर्ने कार्यक्रमको कमी, विकास आयोजनामा अवरोध मुख्य चुनौती रहेको बताए । 

लगानी प्रवर्द्धनका लागि प्रशासनिक सरलता र पारदर्शिता र सबै तहबाट लगानीको सुरक्षाको ग्यारेन्टी आवश्यक भएको बताउँदै उनले सरकार वा निजी क्षेत्रबाट प्रवर्धित पुर्वाधार एवं विकास परियोजना निर्वाध रूपमा सञ्चालन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए। 

यस्तै उनले तीनै तहका सरकार राजस्व केन्द्रित हुनु, व्यवसाय दर्ता नवीकरण एवं अन्य सेवा प्रवाह चुस्त नहुनु औद्योगिक व्यवसाय ऐनमा एकरूपता नहुने जस्ता समस्याले गर्दा अपेक्षा अनुरूप लगानी र व्यवसाय प्रवर्द्धन हुन नसकेको धारणा राखे ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ३७ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था