सेना दिवसको पूर्वसन्ध्यामा मैत्रीपूर्ण फुटबल « Khabarhub

सेना दिवसको पूर्वसन्ध्यामा मैत्रीपूर्ण फुटबल


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशको राजधानीमा सेना दिवसको पूर्व सन्ध्यामा मैत्रीपूर्ण फुटबल आयोजन भएको छ।

धनुषाको महेन्द्रनगर स्थित श्री विष्णु दल गणले आज मैत्रीपूर्ण फुटबल आयोजन गरेको हो ।

रातो जर्सीको नेतृत्व जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह र निलो जर्सीको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले गरेको सो खेलमा  विभिन्न पालिका प्रमुख, सुरक्षा निकाय लगायत विभिन्न कार्यालयका प्रमुखहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक अगुवा लगायतको सहभागिता रहेको थियो ।

५ -५ गोलको खेल बराबरीमा पुगेपछि सो मैत्रीपूर्ण खेल पेनाल्टीमा १ गोलको अन्तरले निलो जर्सी विजयी भएका थिए । मैत्रीपूर्ण खेलपछि सांस्कृतिक कार्यक्रमको समेत आयोजन गरिएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ४० बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको