डोलेश्वरमा महाशिवरात्रिको तयारी पूरा « Khabarhub

डोलेश्वरमा महाशिवरात्रिको तयारी पूरा


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको तयारी पूरा भएको मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिएका छन् । उनले आज रातिदेखिनै भक्तजनलाई सहज दर्शनको व्यवस्था समेत गरिएको बताए ।

महाशिवरात्रिका दिन सर्वसाधारणका लाग विहान ४ बजेदेखि १२ बजेसम्म मन्दिरका चारै ढोका खुला गरिनेछ । भक्तजनले मन्दिरको गर्भगृहमै पुगेर पूजा एवं दर्शन गर्न पाउनेछन् । भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

महाशिवरात्रिका लागि आएका साधुसन्तलाई समितिले खान, बस्न, धुनी बाल्न दाउराको व्यवस्था समेत गरेको छ । यस पावन पर्वमा डोलेश्वर आउने साधु सन्त र बाबामध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती दिएर बिदाइ गर्ने व्यवस्था समेत गरिएको छ ।

यसवर्ष करिब ४०० जना साधुसन्त एवं बाबाहरु मन्दिरमा आएको उनले बताए । उनले दर्शनार्थीलाई लाइन बसेको आधा घण्टामा दर्शन गर्ने व्यवस्था गरिएको र मन्दिर अगाडि स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । महाशिवरात्रिका दिन मन्दिरमा एक लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १० : ५२ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६