आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत १२ गते मंगलबार चैत कृष्ण पक्षको एकादशी तिथि। पापमोचनी एकादशी व्रत। तदनुसार सन् २०२५ मार्च २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंको दिन राम्रो छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। परिवारको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

वृष : आज तपाईंको दिन राम्रो छ। सोचेको काम बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। बोली र व्यवहारमा एकरुपता हुनुपर्नेछ।

मिथुन : दिन मध्यम छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

कर्कट : मनमा असन्तोष बढ्नेछ। नजिकका मान्छेबाट जोगिएर काम गर्नुपर्ने छ। हरेक कामममा सचेत बन्नुपर्ने छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। स्वदेशको भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : काम गर्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। दाम्पत्य जीवनमा खटपटी बढ्ने खतरा छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

कन्या : महत्त्वपूर्ण कामको सुरुवात हुनेछ। धर्मिक कार्य गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। साथीभाइको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ।

तुला : साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। परिवारको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

वृश्चिक : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ। खर्च गर्दा सचेत हुनुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : सम्पत्ति आर्जन हुनेछ। शुभग्रहको बहुमत भएकाले व्यापारमा नाफा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। साथीभाइबाट तपाईंको प्रशंसा हुनेछ। तपाईंको बोलीको प्रभाव रहनेछ।

मकर : तपाईंको बोलीमा सरस्वतीको बास हुनेछ। परोपकारमा बोलीको खर्च गर्नु उचित हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। साथीभाइबाट जोगिएर काम गर्नुपर्नेछ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। शिक्षामा प्रगति हुनेछ। मिहिनेत गरेका ठाउँबाट नाफा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। धर्ममा आस्था बढाएमा हरेक क्षेत्रमा फाइदा हुनेछ। समयले साथ दिएकाले काम गर्ने हिम्मत गर्नुपर्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ५ : १३ बजे

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज