दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज « Khabarhub

दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज


११ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापार पीडितको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।

विशेषगरी अफ्रिकी मुलुकबाट श्रमका लागि संयुक्त अधिराज्य, अमेरिकालगायत विकसित राष्ट्रले मानिसलाई दासका रूपमा काममा लगाएकाले त्यसको उन्मूलनका निम्ति उक्त ऐन पारित भएको सम्झना तथा सधैँ काममा जोतिनुपरेका ती श्रमिकको सम्मान एवं सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

उक्त ऐनले कुनै पनि व्यक्तिलाई दासका रूपमा बेच्न, स्थानान्तरण, प्रयोग वा दासका रूपमा व्यवहार गर्न, खरिद बिक्री र विनिमयलाई पूर्ण रूपमा निषेध गरेको छ ।

संसारभरिका श्रमिकलाई ससम्मान पारिश्रमिकसहित काममा लगाउनुपर्नेमा यो दिवसले जोड दिएको छ ।

न्युयोर्कस्थित राष्ट्रसङ्घीय प्रधान कार्यालयमा आज एक कार्यक्रम हुँदैछ । कार्यक्रममा नोबेल पुरस्कार विजेता ओल सोइन्काले प्रवचन दिने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ८ : ५३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर