प्रधानमन्त्रीको टिप्पणी- मैले बोकेको संकल्प पूरा हुन नदिने प्रयास भइरहेको छ « Khabarhub

प्रधानमन्त्रीको टिप्पणी- मैले बोकेको संकल्प पूरा हुन नदिने प्रयास भइरहेको छ


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पर्ने संकल्प सफल पार्न नदिन केही मानिसहरू प्रयास गरिरहेका टिप्पणी गरेका छन् । 

ललितपुरको कुपण्डोलमा मंगलबार आयोजित नेकपा एमालेनिकट प्रगतिशील इन्जिनियरिङ एशोसिएसनको राष्ट्रिय अधिवेशनको उद्‌घाटन समारोहमा उनले आफूले बोकेको संकल्प पूरा हुन नदिने प्रयास भइरहेको बताए ।  

‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पर्ने संकल्प बोकेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘केही मानिसहरू यस कुरालाई सफल पार्न नदिनका लागि लागेका छन् ।’ 

प्रधानमन्त्रीले सरकारको प्रयासलाई असफल पार्न विरोधीहरूले प्रयास गर्नु स्वाभाविक भए पनि संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्नेमा जोड दिए । 

‘त्यो स्वाभाविक पनि हो, विरोधी लाग्नु । यद्यपि, वैचारिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो,’ ओलीले भने, ‘तर, त्यस्तो भइरहेको छैन । त्यस्तो भइरहेको देखिँदैन ।’ 

प्रधानमन्त्री ओलीले प्रतिपक्षीहरू सत्यलाई ढाक्न र झुटा फैलाउन अत्यन्तै सक्रिय देखिएका पनि आरोप लगाए । 

‘कसरी सरकार वा आफूबाहेक अरुलाई कसरी बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न सकिन्छ, झुटलाई फैलाउन सकिन्छ, यस्ता कुरामा उहाँहरू बहुतै सक्रिय देखिनुहुन्छ,’ उनले भने, ‘त त्यतातर्फ जान चाहन्न । धेरै अलमलिन चाहन्न । हामीले देशको विकास गर्नुपर्ने छ ।’ 

प्रतिपक्षीले सरकारलाई अल्झाउन खोजे पनि आफू अल्झिन तयार नभएको र आफ्नो काममा केन्द्रित रहेका पनि बताए ।  

‘अनावश्यक कुरामा हामीलाई ड्रयाक गर्न खोज्छ । अल्मलान खोज्न, अल्झाउन खोज्छ, हाम्रो ध्यान डाइभर्ट गर्न खोज्छन् विषयबाट,’ प्रधानमन्त्रीले भने, ‘त्यो हुन हामी तयार छैनौँ । हामी आफ्ना विषयमा केन्द्रित हुन्छौँ । आफ्ना काममा केन्द्रित हुन्छौँ । र देश विकासका लागि लिइएका नीतिहरू कसरी प्रभावकारी ढंगले र छिटो कार्यान्वयन गर्ने, त्यस कुरामा हाम्रो ध्यान रहेको छ ।’

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  २ : १४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको