डिजिटल बोर्डमा ओलीविरोधी नारा लेखिएपछि कार्यकक्षमै कुटिए प्राधिकरणका हाकिम « Khabarhub

डिजिटल बोर्डमा ओलीविरोधी नारा लेखिएपछि कार्यकक्षमै कुटिए प्राधिकरणका हाकिम


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र चितवनको डिजिट डिस्प्ले ह्याक गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नारा लेखिएको छ।

उक्त डिजिटल डिस्प्ले ह्यक गरेर ‘केपी चो…देश छोड लेखिएको हो। उक्त आपत्तिजनक नारा डिजिटल बोर्डमा लेखिएपछि आक्रोशित एमाले कार्यकर्ताहरूले प्राधिकरण चितवन वितरण केन्द्रका हाकिमलाई कुटपिट गरेका छन् ।

उनीहरूले प्राधिकरण चितवनका कार्यालय प्रमुखको कार्यकक्षसमेत तोडफोड गरेका छन् ।

प्राधकिरणका अनुसार सोमबार करिब १२ बजेतिर भरतपुर वितरण केन्द्रमा ग्राहकको सहजीकरणको लागि राखिएको डिजिटल सूचना बोर्ड ह्याक गरी प्रधानमन्त्री गाली गलौज र अपशब्दसहितको नारा अपलोड गरिएको थियो ।

प्राधिकरणले यस्तो गैरकानुनी कार्यप्रति आपत्ति जनाउँदै। घटनाको सत्यतथ्य छानबिन गरी संलग्न व्यक्तिलाई साइबर क्राइम अनुसार सम्बन्धित निकायमा कारबाहीका लागि पत्राचारसमेत गरिएको जनाएको छ ।

तर मंगलबार बिहान १० बजे ३५-४० जनाको ठूलो समूह कार्यालय प्रमुखको कार्य कक्षमा प्रवेश गरी तोडफोड गरेको प्राधिकरणले जनाएको छ । यो समूहले कार्यकक्ष तोडफोडसहित कार्यालय प्रमुखलाई समेत कुटपिट गरेको प्राधिकरणले जनाएको छ ।

यस घटनापछि सार्वजिक सेवा प्रवाह गर्ने प्रधिकरण भरतपुरका कर्मचारीहरू सुरक्षित नरहेको जनाउँदै तोडफोडमा संलग्नलाई सजायको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  २ : ३७ बजे

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि