फेरि शेयर बजारमा पहिरो, ५६ अंकले घट्यो नेप्से  « Khabarhub

फेरि शेयर बजारमा पहिरो, ५६ अंकले घट्यो नेप्से 


११ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार शेयर बजारमा फेरि पहिरो गएको छ । सोमबार २६ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ५६ अंकले घटेको हो । 

आज नेप्से २.११ अंकले घटेर २५८४.८८ विन्दु परिसूचक आएको छ । नेप्से घटेपनि कारोबार भने सोमबारको तुलनामा बढेको छ । आज ५ अर्ब १८ करोड ७ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता शेयर कारोबार भएको छ । 

सबै कम्पनीको शेयर मूल्य घटेको छ । जम्मा ४ वटा मात्र कम्पनीको शेयर मूल्य बढेको छ । आज २४० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने कुनैपनि कम्पनिको शेयर मूल्य स्थिर भने छैन । 

यस्तै ३२५ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार २१ पटक शेयर किनबेच भएको छ । सबैभन्दा बढी फाइनान्स समूहमा पहिरो गएको छ । फाइनान्स समूह ३.४१ प्रतिशतले घटेर २४८०.४५ विन्दुमा आएको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.५१ प्रतिशतले घटेर १८.९० विन्दुमा आएको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह १.४० प्रतिशतले, विकास बैंक समूह ३.२६ प्रतिशतले, होटल तथा पर्यटन २.८२ प्रतिशतले, हाइड्रोपावर ३.०८ प्रतिशतले, लगानी १.९८ प्रतिशतले, जीवन बीमा २.२४ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.४९ प्रतिशतले, लघुवित्त २.३० प्रतिशतले, निर्जीवन बीमा २.३८ प्रतिशतले, अन्य सूमह १.६४ प्रतिशतले र ट्रेडिङ समूह १.६० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ३ : १२ बजे

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले