कुलमानलाई हटाएको भोलिपल्ट देउवा- ओली र म जेलबाटै साथी हौँ, मेरो पूरा साथ छ « Khabarhub

कुलमानलाई हटाएको भोलिपल्ट देउवा- ओली र म जेलबाटै साथी हौँ, मेरो पूरा साथ छ


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण साथ-समर्थन दोहोर्‍याएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको भोलिपल्ट एक सार्वजनिक कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीसमेत उपस्थित कार्यक्रममा सभापति देउवाले सरकारमा कुनै समस्या नरहेको सन्देश पनि दिएका छन् । देउवाले यसो भन्दा कांग्रेस नेता शेखर र शशांक कोइराला पनि सँगै थिए ।

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको आत्मकथा ‘म र मेरो सानुबुवा’ नामक पुस्तकको बालुवाटारमा भएको लोकार्पण समारोहमा प्रधानमन्त्री ओलीकै अगाडि उनले यस्तो भनेका हुन् । उनले ओलीलाई कांग्रेसको सम्पूर्ण सहयोग रहिरहने बताए ।

‘प्रधानमन्त्री ओलीजी र म जेलदेखिकै साथी हौँ। हामी त जेलभित्रको पनि गोलघरमा सँगै थियौँ। त्यसबेलादेखिकै हाम्रो सम्बन्ध राम्रो छ,’, उनले भने, ‘अहिले पनि राम्रोसँग अघि बढेर जाँदैछौँ। अहिले सत्तामा सहकार्य गरिरहेका छौँ। कांग्रेसबाट उहाँलाई पूरा समर्थन छ।’

पार्टीका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा. कोइरालालगायतले कुलमानलाई हटाएको निर्णयको स्वामित्व कांग्रेसले लिन नहुने बताएका थिए ।

तर देउवाले प्रधानमन्त्री ओलीलाई पूर्ण समर्थन रहेको उल्लेख गरेका छन् । कांग्रेसबाट ऊर्जामन्त्री रहेका दीपक खड्काको प्रस्तावलाई बूढानीलकण्ठलेसमेत ग्रीन सिग्नल दिएपछि कुलमानलाई पदबाट हटाएर हितेन्द्रदेव शाक्यलाई ल्याइएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ४ : १७ बजे

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई