कुलमानलाई हटाएको भोलिपल्ट देउवा- ओली र म जेलबाटै साथी हौँ, मेरो पूरा साथ छ « Khabarhub

कुलमानलाई हटाएको भोलिपल्ट देउवा- ओली र म जेलबाटै साथी हौँ, मेरो पूरा साथ छ


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण साथ-समर्थन दोहोर्‍याएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको भोलिपल्ट एक सार्वजनिक कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीसमेत उपस्थित कार्यक्रममा सभापति देउवाले सरकारमा कुनै समस्या नरहेको सन्देश पनि दिएका छन् । देउवाले यसो भन्दा कांग्रेस नेता शेखर र शशांक कोइराला पनि सँगै थिए ।

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको आत्मकथा ‘म र मेरो सानुबुवा’ नामक पुस्तकको बालुवाटारमा भएको लोकार्पण समारोहमा प्रधानमन्त्री ओलीकै अगाडि उनले यस्तो भनेका हुन् । उनले ओलीलाई कांग्रेसको सम्पूर्ण सहयोग रहिरहने बताए ।

‘प्रधानमन्त्री ओलीजी र म जेलदेखिकै साथी हौँ। हामी त जेलभित्रको पनि गोलघरमा सँगै थियौँ। त्यसबेलादेखिकै हाम्रो सम्बन्ध राम्रो छ,’, उनले भने, ‘अहिले पनि राम्रोसँग अघि बढेर जाँदैछौँ। अहिले सत्तामा सहकार्य गरिरहेका छौँ। कांग्रेसबाट उहाँलाई पूरा समर्थन छ।’

पार्टीका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा. कोइरालालगायतले कुलमानलाई हटाएको निर्णयको स्वामित्व कांग्रेसले लिन नहुने बताएका थिए ।

तर देउवाले प्रधानमन्त्री ओलीलाई पूर्ण समर्थन रहेको उल्लेख गरेका छन् । कांग्रेसबाट ऊर्जामन्त्री रहेका दीपक खड्काको प्रस्तावलाई बूढानीलकण्ठलेसमेत ग्रीन सिग्नल दिएपछि कुलमानलाई पदबाट हटाएर हितेन्द्रदेव शाक्यलाई ल्याइएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ४ : १७ बजे

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई

तस्बिरमा हेर्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

तेहरान– इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन